• १८ चैत २०८१, सोमबार

दुई वटा झोलुङ्गे पुल बन्दै

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, चैत १५ गते । आँधीखोला गाउँपालिकामा एकै चोटी दुई वटा झोलुङ्गे पुल बन्ने भएका छन् । वर्षौंसम्म पुलको आवश्यकता ठानी तत्कालीन जिल्ला विकास समितिसमेत धाउने गरेका यहाँका बासिन्दाले स्थानीय सरकार आएको झन्डै आठ वर्षपछि आँधीखोला गाउँपालिकाको वडा नं. २ र ५ को सिमानामा पुल बन्ने भएका हुन् । आँधीखोलाका स्थानीयले पुलको आवश्यकता रहेको भन्दै सामूहिक रूपमा निवेदन दिएपछि आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले बोहिया झोलुङ्गे पुल र सम्धीखोला झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ । 

बोहियामा १२० मिटर झोलुङ्गे पुल निर्माण गर्न प्रदेश सरकारको दस लाख र आँधीखोला गाउँपालिकाको साठी लाखको लागत साझेदारीमा पुल निर्माण हुन थालेको हो । त्यसै गरी सम्धीखोलामा पनि १२० मिटर लम्बाइको ३३ लाख ९१ हजार ४४५ रुपियाँ छयासी पैसामा पुल बन्न लागेको हो ।