बसन्त पराजुली
नारायणगढ, चैत १२ गते। आधारभूत तहको परीक्षामा सहभागी विद्यार्थीलाई चितवनको एक विद्यालयले मुना पत्रिका उपहार दिएको छ।
छिमेकी विद्यालयबाट परीक्षा दिन आएका विद्यार्थीलाई यहाँको सन राइज स्कुलले मुना उपहार दिएको हो। भरतपुर महानगर पालिका भित्रमा चैत ४ गतेदेखि सुरु भएको आधारभूत तहको परीक्षा मंगलबार सकिएको छ। परीक्षा सकेर घर फर्कदै गरेका विद्यार्थीलाई मुना पत्रिका उपलब्ध गराएको हो।
सनराइज स्कुलमा अङ्कुरम् एकेडेमी, अर्बिट स्कुल, विद्या विकास स्कुल, आदर्श पब्लिक स्कुल र ग्लोरियस एकेडेमी गरी ५ वटा विद्यालयको केन्द्र परेको थियो।
अर्को कक्षामा पुग्नु अगाडिको खाली समयलाई सदुपयोग गराउन हामीले पढ्ने सामग्री दिएका हौँ। हाम्रो तर्फबाट यो मायाको चिनो हो।
विद्यालयका प्रधानाध्यापक शिव बगालेले पठन संस्कृतिको अभियान अन्तर्गत विद्यार्थीलाई मुना दिइएको बताउनुभयो। खाली समयमा मुनालगायतका पुस्तक तथा पत्रपत्रिका पढेर सिर्जनात्मक बन्न प्रधानाध्यापक बगालेले आग्रह गर्नुभयो।