• २६ फागुन २०८१, सोमबार

पहिरो खसेर स्काभेटर दुर्घटना

blog

पहिरोले पुरिएर दुर्घटनाभएको स्काभेटर ।

राममणि दाहाल

हेटौँडा, फागुन २६ गते । मकवानपुर भीमफेदी गाउँपालिका –९ स्थित च्यानपाखामा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर दुर्घटनामा परेको छ । भौतिक पूर्वाधार विकास कार्यालय हेटौँडाले निर्माण गर्दैगरेको गोलमोडदेखि फापरबारी जाने भित्री सडकखण्डको नयाँ सडक खन्नेक्रममा माथिबाट ढुङ्गासहितको पहिरो खसेर प्र.३–०१–००३ क ६८०९ नम्बरको स्काभेटर दुर्घटना हुँदा क्षतिभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार पहिरोले पुरिएर स्काभेटरको आधा भागमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन ।