• २६ फागुन २०८१, सोमबार

राजनीतिक सङ्कटबिच नेटो प्रमुख बोस्निया भ्रमणमा

blog

(नाटो)का प्रमुख मार्क रुट ।

सारायेभो, बोस्निया, फागुन २६ गते । नेटोका उच्च प्रतिनिधि र सर्बियाली राष्ट्रपतिबिच चर्को राष्ट्रपतिबिच उत्तर एटलान्टिक गठबन्धन (नाटो)का प्रमुख मार्क रुट सोमबार बोस्नियाको भ्रमणमा जानुभएको छ ।  

बोस्नियाको शान्ति सम्झौताको निरीक्षण गर्ने उच्च प्रतिनिधि क्रिश्चियन स्मितको अवहेलना गरेको अभियोगमा रिपब्लिका स्र्पस्का (आरएस) का राष्ट्रपति मिलोराड डोडिकलाई गत महिना दोषी ठहर गरिएपछि राजनीतिक तनाव बढेको छ । सन् १९९० को दशकमा बोस्नियाको अन्तरजातीय युद्धको अन्त्य पछि देशमा सर्ब-बहुल आरएस र मुस्लिम क्रोएट क्षेत्र गरी दुई स्वायत्त भागहरू समावेश छन् । 

यी दुई संस्थाका आ-आफ्नै सरकार र संसद् छन् र कमजोर केन्द्रीय संस्थाहरूसँग जोडिएका छन् । बोस्नियाको संवैधानिक अदालतले डोडिकद्वारा हस्ताक्षरित कानुनलाई खारेज गरेको केही दिनपछि रुटको भ्रमण भएको हो जसले आरएसभित्र सङ्घीय प्रहरी र न्यायपालिकाको अधिकारलाई अस्वीकार गरेको थियो ।

गत हप्ता डोडिकले बोस्नियाका मुख्य अभियोजकले सोधपुछका लागि बोलाएकोमा यसलाई बेवास्ता गर्नुभएको थियो र मुख्य अभियोजकले संविधानलाई अवमूल्यन गरेको आरोपमा डोडिकमाथि अनुसन्धान गरिरहेका थिए । बोस्नियाको विभाजित राजनीति र युद्धपछिका कमजोर संस्थाहरूले सङ्कटका बिच बढ्दो अनिश्चितताको सामना गर्नुपरेको छ ।

बढ्दो तनावको प्रतिक्रियास्वरूप युरोपियन युनियन फोर्स (इयुएफओआर) ले गत हप्ता देशमा आफ्नो शान्ति मिसनको आकार ‘अस्थायी रूपमा बढाउने’ बताएको थियो । बोस्नियाको शासनमा हस्तक्षेप गर्ने व्यापक शक्ति भएका स्मितसँग जारी तनावको सन्दर्भमा डोडिकको यो कदम आएको हो ।

उच्च प्रतिनिधि र बोस्नियाको संवैधानिक अदालतले गरेका निर्णयलाई मान्यता दिन अस्वीकार गर्ने दुई कानुनलाई उहाँले अघि बढाइ सक्नुभएको छ । यसका कारण उहाँलाई गत महिना दोषी ठहर गर्दै एक वर्षको जेल सजाय र सार्वजनिक पद धारणमा छ वर्षको प्रतिबन्ध लगाइएको थियो ।

वर्षौंदेखि डोडिकले निरन्तर पृथकतावादी एजेन्डालाई पछ्याउनुभयो भने बोस्नियाको सेना, न्यायपालिका र कर प्रणालीसहित बोस्नियाको केन्द्रीय संस्थाहरूबाट सर्बियाली राज्यलाई बाहिर निकाल्ने बारम्बार धम्की दिनुभयो । यसका कारण अमेरिकाले डोडिकविरूद्ध प्रतिबन्धहरू लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनका धेरै सुरक्षा साझेदारहरूसँगको सम्बन्धलाई फेरबदल गरेपछि ट्रान्सएटलान्टिक गठबन्धनले नयाँ तनावको सामना गरिरहेको बेला रुटको भ्रमण भएको हो । रासस/एएफपी