अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन २६ गते । हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।
क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका अञ्जु परियार निर्विरोध निर्वाचित हुनुभएको छ । अनेरास्ववियुबाटै सहसचिवमा धिरज परियार, सदस्यमा अशोक भण्डारी र कमल गुरुङ निर्वाचित हुनुभएको छ ।
त्यस्तै नेपाल विद्यार्थी सङ्घबाट उपसभापतिमामा सुदिपभर्ति थकाली, सचिवमा उपदेश चौधरी र कोषाध्यक्षमा निशा गौचन र एक जना सदस्य मनिका विक चयन हुनुभएको छ ।
नौ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियनको एक जना सदस्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थीबाट देवराज लामिछाने चयन हुनुभएको तेज निरला जनहित बहुमुखी क्याम्पस मुस्ताङको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक अदित्यचन्द्र थकालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन वटा सङ्गठन निर्वाचनका लागि दर्ता भएको र सहमतिमै नेतृत्व चयन भएकोले निर्वाचित टिम घोषणा गरिएको हो । नौ सदस्यीय विद्यार्थी युनियनमा चार चार जना अनेरास्ववियु तथा नेविसङ्घ र समाजवादीबाट एक एक जना सदस्य रहेको समिति बनेको हो ।