• २६ फागुन २०८१, सोमबार

अध्यक्ष प्रचण्डले मङ्गलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने

blog

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, फागुन २६ गते । संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ । सोमबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरूको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइने बताउनुभयो ।

उहाँले २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

छलफलमा लोकतन्त्र र गणतन्त्रका विरुद्धमा केही अराजकतावादी शक्तिहरूले संविधानको अवमूल्यन गरेर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने र संसदबाट पनि त्यस किसिमका गतिविधिमा विशेष ध्यान दिने निर्णय भएको छ ।