• २६ फागुन २०८१, सोमबार

घर फर्किन थाले लेबनानी किसान

blog

दक्षिणी लेबनान, फागुन २६ गते । द्वन्द्वले पूर्णरूपमा ध्वस्त भएको दक्षिणी लेबनानको सीमावर्ती गाउँ रामियाका बासिन्दाहरू अन्ततः घर फर्कन थालेका छन् । कल्याणकारी संस्थाहरुले ५० वटा घर निर्माण गरिदिएसँगै उनीहरु आफ्नो गाउँ फर्किएका हुन् ।

विस्थापित परिवारहरूमध्ये धेरै सुर्तीजन्य किसान छन् । अब बस्नका लागि ठाउँ र आफ्नो कृषि कार्य पुनः सुरु गर्ने अवसर मिलेको उनीहरुको भनाइ छ । 

परिवारहरू फर्किँदा उनीहरूले पानी र बिजुलीको आवश्यकतासहित निरन्तर चुनौतीहरूको सामना गर्नेछन् । यद्यपि आवास सुरक्षित गर्ने पहिलो चरण अब पूरा भएपछि आधारभूत सेवाहरू र पूर्वाधार पुनःस्थापित गर्ने प्रयासहरू जारी रहेको बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल