काठमाडौं, फागुन २५ गते । राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । आइतबार बसेको बैठकलाई बोल्नुहुँदै गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले शिक्षकहरुलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरुका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरु आन्दोलनमा उत्रिने गरेको उहाँको भनाइ छ ।
सदस्य मिश्रले भन्नुभयो, ‘‘देशभरका शिक्षकहरु आन्दोलनमा छन् । संवादको माध्यमबाट उनीहरुको समस्यालाई समाधान गरौं । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन । तत्कालिन समस्या समाधान गर्न सहमति गर्ने पछि ति सहमतिहरुलाई ऐन नियममा नसमेट्ने गर्दा विश्वसनीयता देखिँदैन ।’’
उहाँले फरक प्रसंगमा बोल्नुहुँदै महिलाहरुको हक र अधिकारका लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताउनुभयो ।