माथा पर मोटरी जय सिया राम
जय रघुनन्दन सीताराम
माथा पर मोटरी जय सिया राम ।
सवकोई मिलक बोलु जय सिया राम
सीताराम सीताराम
टाउकोमा पोकापन्तरा, रामसीताको जयजय गान अनि साधु, सन्त, जोगी र भक्तजनको लावालस्कर । वर्षको एक पटक बर्सौंदेखि यही व्रmम चलिरहेको छ, नेपाल–भारत धार्मिक–सांस्कृतिक सम्बन्धको सेतु बनेर । १५ दिने यो धार्मिक यात्रालाई नेपाल–भारतबिच सदिऔँदेखि रहँदै आएको धार्मिक तथा सांस्कृतिक सम्बन्धका रूपमा समेत हेरिन्छ । नेपाल–भारत पर्यटन विकासको एउटा नमुनाका रूपमा समेत माध्यमिकी परिक्रमालाई लिइन्छ । यस परिव्रmमामा साधु, सन्त मात्र होइन; नागरिकको समेत सहभागिता रहने भएकाले यसलाई नेपाल–भारत सद्भाव सेतुसमेत मानिन्छ ।
धनुषाको ठेरा कचुरीबाट फागुन औँसीका दिन निस्किएको मिथिलाविहारीको डोला र जनकपुरको रत्नसागर एवं अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर हुँदै जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमा विधिवत् रूपमा सुरु हुने परम्परा रहिआएको छ ।
मिथिलाको राजधानी जनकपुरलाई केन्द्रविन्दु मानी नेपालको महोत्तरी र धनुषाका गरी १२ स्थान र भारतको मधुवनीका तीन स्थान गरी १५ स्थान परिक्रमा गरी माध्यमिकी परिक्रमाको धार्मिक यात्रा पूरा हुन्छ । १५ स्थानमा रातको बास बसी फाल्गुण पूर्णिमा (फागुन २९) का दिन जनकपुरमा अन्तगृह परिक्रमा गरेपछि माध्यमिकी परिव्रmमा समापन गर्ने गरिन्छ । यस परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, वैजनाथधामका साधुहरू उल्लेख्य रूपमा सहभागी हुने गरेका पाइन्छ ।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासका अनुसार माध्यमिकी परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हँुदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड र साताँै दिन कञ्चनवन पुग्ने गर्छ । परिक्रमाका सहभागी कञ्चनवन पुगेर भगवान् रामसीताले यहीँ होली खेलेको सम्झनामा होली खेलेर रमाइलो गर्ने गर्छन् । त्यसपश्चात् धनुषा जिल्लाको पर्वता, धनुषाधाम, सतोषर, औरही, करुणा, बिसौल हुँदै करिब १३३ किलोमिटरको परिधि पार गर्दै जनकपुर पुगेर माध्यमिकी परिक्रमा समापन हुन्छ । नेपाल र भारतको सामाजिक सद्भावको सेतुका रूपमा रहेको यो परिव्रmमा यात्राले धार्मिक, ऐतिहासिक र पुराताŒिवक महŒवको परिचय दिने गर्छ ।
यात्रा कठिन
मिथिला परिक्रमामा सहभागी हुनेले १५ दिन नाङ्गै खुट्टा यात्रा गर्नु पर्छ । त्यसैले यो परिक्रमा यात्रालाई कठोर धार्मिक यात्राका रूपमा पनि लिइन्छ ।
परिक्रमाका सहभागीले १५ दिनसम्म लसुन, प्याज र मांसाहार त्याग गर्नु पर्छ । यात्राका सहभागीले एक छाक मात्रै खाना खाने प्रचलन छ । यात्रीले परिक्रमा अवधिभर गृह प्रवेश नगर्ने र खुला आकाशमुनि पाल टाँगेर वनवास जस्तै जीवनशैली अपनाउनुपर्ने हुन्छ । १५ दिने यात्राका क्रममा यात्रीले दिनरात मर्यादा पुरुषोत्तम राम र सीताको भजनकीर्तन गर्नु पर्छ ।
छोटे महन्थ रामरोशन दासका अनुसार परिक्रमाको प्रत्येक विश्रामस्थल र यात्राका क्रममा पर्ने गाउँका सर्वसाधारणले परिक्रमाका सहभागी यात्रीलाई खाद्यान्न र बासको सक्दो उत्तम प्रबन्ध गर्छन् । परिक्रमाका सहभागी यात्रुलाई खाद्यान्न दान गरे परिक्रमा गरेसरहकै फल प्राप्ति हुने जनविश्वासका कारण विश्रामस्थल र यात्राका क्रममा पर्ने गाउँवासीले खाद्यान्न दान गर्ने र स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क औषधि उपचारको व्यस्था मिलाउने गरेको पाइन्छ । परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मबाट भएका पाप नष्ट भई मनोकामना पूरा हुने धार्मिक मान्यता रहिआएको छ । परिक्रमामा सहभागी हुँदा १०८ तीर्थ बराबरको फल प्राप्त हुने जनविश्वास छ ।
माध्यमिकी परिक्रमाको सुरुवात
प्रत्येक वर्ष मनाइने मध्यमा परिक्रमा मिथिलाञ्चलकै १५ दिवसीय महाकुम्भका रूपमा चर्चित छ । परिव्रmमा बृहत्, मध्य र अन्तगृही गरी तीन प्रकारका हुन्छन् । बृहत् परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गङ्गा र पश्चिममा गण्डकसम्मको परिक्रमापछि मात्र सम्पन्न हुन्छ । यो निकै कठिन परिक्रमा मानिन्छ ।
माध्यमिकी परिक्रमा १८ औँ शताब्दीभन्दा पूर्वदेखि मनाइँदै आएको विश्वास गरिन्छ । यो पहिला पाँच दिनसम्म मनाइन्थ्यो । महात्मा सुरकिशोर दासले पाँच दिनबाट १५ दिनमा परिणत गर्नुभएको बताइन्छ । परिक्रमा यात्रा यकिनसाथ कहिले सुरु भएको भनेर कहीँ कतै उल्लेख नभए पनि सियालाल प्रभंस नाम गरेका सन्तले १०/१२ जना साधु मिलेर परिक्रमा सुरुवात गर्नुभएको भनाइ छ । सियालाल प्रभंसको समय भन्नाले १७५ वर्षअघिको अवस्थालाई जनाउँछ ।
त्यही परिक्रमाले बिस्तारै सङ्ख्या बढ्दै र चर्चा पाउँदै गएको पाइन्छ । त्यसपछि मिथिला बिहारी (राम) को डोला सुरु भयो । त्यसपछि किशोरीजीको पनि डोला सुरु भयो ।
माध्यमिकी परिक्रमा अर्थात् पञ्चकोशी परिव्रmमाले नेपाल–भारतको ८० कोसको वृत्ताकारमा यात्रा तय गर्छ । वर्षमा एक पटक विशाल रूपमा तीर्थालुहरू मोक्ष प्राप्तिका लागि मिथिलाको माध्यमिक परिक्रमा गर्छन् ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानी महोत्तरीका सहप्राध्यापक ध्रुव रायका अनुसार कुनै न कुनै पाप जानेर वा नजानेर मानिसबाट भइरहेको हुन्छ । तीर्थ गरेपछि त्यसबाट मुक्ति पाइन्छ । तीर्थ जाँदा भएगरेका पाप मिथिलाधामको परिव्रmमा गरेपछि मात्रै कट्छ भन्ने धार्मिक विश्वास छ ।
विष्णुपुराण अन्तर्गतको मिथिला महात्म्यको अध्याय–१२ को ३३ श्लोकमा मिथिला परिव्रmमाका बारेमा विस्तृत वर्णन गरिएको पाइन्छ । उहाँका अनुसार मिथिला माध्यमिकी परिक्रमाका १५ वटा विश्रामस्थल छन् । सबै विश्रामस्थल लगभग पाँच कोसको दुरीमा छन् अर्थात् ती १५ किलोमिटरभित्रै पर्छन् ।
राजा जनक शिवभक्त थिए । उनैले जनकपुरको पूर्व र दक्षिण कुनामा स्थापना गरेको कल्याणेश्वर महादेवस्थानबाट माध्यमिकी परिक्रमा प्रारम्भ हुन्छ । यो परिक्रमालाई विस्तार गर्ने काम जानकी मन्दिरका महन्थ सुरकिशोर दासले गर्नुभएको भनाइ ध्रुव रायको छ । माता, पिता, तीर्थ र गाईको परिदक्षिणा परिक्रमा गर्नु पर्छ भन्ने भाव परिक्रमाले झल्काउने रायको धारणा छ ।
किशोरीजीको डोलाका महन्थ नवलकिशोर यादवका अनुसार यस्तो परिक्रमा कहीँ छैन । दुई देश भएर एउटै परिक्रमा १५ दिनसम्म सञ्चालन हुन्छ । कोसी, गण्डक, गङ्गा, हिमालय मिथिला क्षेत्रका यी नदी बृहत् परिक्रमाभित्र पर्छन् । राजा जनकको राजधानी जनकपुरलाई परिक्रमा गर्नु माध्यमिकी परिक्रमा हो ।
जोडौँ पर्यटन
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल ‘प्रदेश र सङ्घीय सरकारले परिक्रमालाई खासै नबुझेको’ बताउनुहुन्छ । यति महŒवपूर्ण धार्मिक तथा सांस्कृतिक यात्रालाई पर्यटन मन्त्रालयले महŒव दिनुपर्ने धारणा उहाँको छ । परिक्रमालाई आर्थिक पक्षसँग जोडेर सरकारले व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै प्रमुख मण्डल भन्नुहुन्छ, “धार्मिक यात्रामा वार्षिक हजारौँ श्रद्धालु सहभागी हुन्छन् तर उनीहरूका लागि सुविधासम्पन्न आवासको सुविधा छैन । पोसाकमा एकरूपता छैन । खानाको व्यवस्था स्थानीयवासीले गर्छन् । अनि कसरी हुन्छ व्यवसायीकरण ?”
होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतम परिक्रमा व्यवस्थित गर्न सकिए पर्यटन विकासमा टेवा पुग्ने बताउनुहुन्छ । उहाँ परिक्रमा मिथिलाको सांस्कृतिक पर्व भएकाले यसले आन्तरिक पर्यटनको विकासमा सहयोग गर्ने र नेपाल–भारत सम्बन्धलाई प्रत्येक वर्ष नवीनता दिने बताउनुहुन्छ । जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवका अनुसार मिथिला विहारीको नेतृत्वमा यो परिक्रमा सञ्चालन हुने गरेको छ । साहित्यकार रोशन जनकपुरीका अनुसार नेपाल–भारतको धार्मिक सांस्कृतिक एवं सद्भावको प्रतीकका रूपमा परिक्रमा यात्रालाई लिइन्छ । मिथिला महात्म्यमा परिक्रमाका विश्रामस्थलबारे चर्चा गरिएको पाइन्छ ।
पण्डित इन्द्रकान्त झाका अनुसार मिथिला महात्म्यमा माध्यमिकी परिव्रmमा गर्न नसक्नेहरूले छोटो दुरीको अन्तगृह परिक्रमा गर्नुपर्ने उल्लेख गरिएको छ । अन्तगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम नगरपालिकाभित्र पर्छ ।
माध्यमिकी परिक्रमामा मुख्य पण्डित रामदुलारी शरणजी महाराजले ७० वर्षसम्म मिथिला महात्म्यको कथावाचन गर्नुभएको थियो । उहाँको निधनपछि मिथिला महात्म्यको कथावाचन कार्य उहाँका शिष्य सियाराघव शरणले गरिरहनुभएको छ ।
पन्ध्र विश्रामस्थल
हनुमानगढी : फाल्गुण अमावश्याका दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी (मिथिलाविहारी) को डोलाका सहभागीले जानकी मन्दिर हुँदै बाजागाजासहित हनुमानगढीमा राति विश्राम लिन्छन् । यहाँ सयौँ वर्ष पुरानो हनुमानको विशाल मूर्ति रहेको छ ।
कल्याणेश्वर (कलना) : विश्रामको दोस्रो पडावस्थल भारतको कल्याणेश्वर अर्थात् कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर छ । राजर्षि जनकले आफ्नो राजधानीका चारै कुनामा स्थापना गरेका चार महादेवमध्ये यो एक हो ।
गिरिजास्थान (फुलहर) ः कल्याणेश्वरस्थानबाट चार कोस दक्षिणपश्चिमस्थित गिरिजास्थान तेस्रो दिनको पडावस्थल हो । त्रेतायुगमा सीताले फुल चुनिरहेका बेला यहाँ रामको पहिलो भेट भएको किंवदन्ती छ । यहाँ दुःखहरण कुण्ड, सीतासागर र पूmलबारी रहेको छ ।
मटिहानी ः मिथिला पञ्चकोशी परिव्रmमा चौथो दिन अर्थात् फाल्गुण शुक्ल तृतीयाका दिन महोत्तरी जिल्लाको पहिलो विश्रामस्थल मटिहानी प्रवेश गर्छ । यहाँ सीताजीको मटकोरका लागि माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मीसागर (पोखरी) र लक्ष्मीनारायणको मन्दिर छ ।
जलेश्वर ः परिक्रमाका यात्री मटिहानीबाट चौथो दिन जलेश्वर पुग्छन् । यो स्थल मटिहानीबाट दुई कोस पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पूजा आराधना गर्ने गरिन्छ ।
मडै ः फाल्गुण शुक्ल पञ्चमीका दिन परिक्रमाको डोला जलेश्वरबाट प्रस्थान गरी मडै पुग्छ । प्राचीनकालमा यहाँ माण्डव ऋषिको आश्रम र सीताजीको बिहेका लागि मडवा (वेदी) बनाइएको जनश्रुति पाइन्छ ।
धु्रवकुण्ड ः मडैबाट सातौँ दिन धु्रवकुण्ड पुगिन्छ । यहाँ ध्रुवको मन्दिर र ध्रुवकुण्ड रहेको छ ।
कञ्चनवन ः ध्रुवको दर्शन गरेर परिक्रमाका यात्री महोत्तरीको अन्तिम पडावस्थलका रूपमा रहेको कञ्चनवनमा सप्तमीका दिन पुगी विश्राम लिन्छन् । यहाँ इच्छावती र विरजा गङ्गाको सङ्गमस्थल भएकाले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवनलगायतका १२ वटा रमणीय वन थिए । त्रेतायुगमा यहाँ भगवान् रामले होली खेलको किंवदन्ती छ । यहाँ यात्रीले अबिर खेली होली मनाउने गर्छन् ।
पर्वता ः नवौँ दिन यात्रीले धनुषाको पर्वतामा विश्राम लिन्छन् । राजा जनकद्वारा स्थापित छिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।
धनुषाधाम ः पर्वताबाट १० औँ पडावस्थलका रूपमा रहेको धनुषाधाममा यात्री पुग्छन् । सीताको स्वयंवर हुँदा मर्यादा पुरुषोत्तम रामले भाँचेको धनुषको एक टुव्रmा यहाँ खसेको विश्वास गरिन्छ । यहाँ सीताराम, हनुमानलगायतका मन्दिर छन् ।
सतोषर ः फाल्गुण शुक्ल दशमीका दिन परिव्रmमाका सहभागी डोलासँगै सतोषर पुग्छन् । यहाँ सात वटा पोखरी, शिव र सीतारामका मन्दिर छन् ।
औरही ः विमला नदीको तटमा रहेको औरहीमा १२ औँ दिनको विश्राम लिइन्छ ।
करुणा ः नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणातिर लाग्छ । १३ औँ दिनको बास करुणामा हुन्छ । यहाँ करुणा नामको नदी विख्यात रहेको छ ।
विशौल ः करुणाको विश्रान्तिपछि परिक्रमाका यात्रु चतुर्दशीका दिन भारतको विशौल पुग्ने गर्छन् । यहाँबाट कमला नदी बग्छ । यहाँ ऋषि विश्वामित्रको मन्दिरसमेत छ ।
जनकपुर ः परिक्रमाको अन्तिम पडावस्थल जनकपुरमा यात्रीले विश्राम लिन्छन् । यहाँ रातको विश्रामपश्चात् अन्तिम प्रहरमा अन्तगृही परिव्रmमा गरिन्छ । जानकी र राममन्दिरलाई केन्द्रविन्दु मानी यात्रीले अन्तगृही परिक्रमा गर्ने गर्छन् । यसपछि मिथिलामा होली प्रारम्भ हुन्छ ।