• १९ चैत २०८१, मङ्गलबार

सोचेभन्दा फरक बङ्गलादेश

blog

आँखाले देखेको कुरा सत्य हो भन्थे, हो रहेछ । 

बङ्गलादेशको आकाशबाट बङ्गलादेशको भूमिलाई हेर्दा नै आफैँसँग प्रश्न गर्न पुगेछु– आँखाले नदेखी अनुमानको भरमा सोच बनाएर हुन्छ र ?  फराकिला सडक, फ्लाइओभर यत्रतत्र, मेट्रो र रेलको कुदाकुद, फैलिएको बजार, व्यस्त मानिसको दिनचर्या यी सबै हेर्दा लाग्यो मैले सोचे जस्तो कहाँ रहेछ र बङ्गलादेश । ट्राफिक जामको समस्याले अस्तव्यस्त बनेका सडक, एकअर्कासँग ठोक्किँदा ठोक्किँदा कोरिएका बस अनि यत्रतत्र सर्वत्र बेतोडले दौडिरहेका रिक्साको भिड, राजधानी ढाकामा मात्र तीन करोड जनसड्ख्याको थामिनसक्नु चाप, राजनीतिले थिलथिलो पारेको अवस्थाबारे थोरै जानकार भएर पनि होला बङ्गलादेशप्रतिको सोच बनेको वा भनौँ बनाएको । पद्दा (पद्मा) नदीमा अवस्थित ६.८ अर्थात् झन्डै सात किलोमिटर लामो पुलको अवलोकन, पानीजहाज चढेर परिव्रmमा गर्नु पनि कम रोमाञ्चक क्षण थिएनन् । गगनचुम्बी घरहरू, फराकिला राजमार्ग अनि विकासलाई आत्मसात् गरेर दिन दुई गुना रात चौगुना प्रगतिको पथमा कुदिरहेको बङ्गलादेशको भूमिमा हामी पनि कुदिरहेका थियौँ– कहिले गाडीमा, कहिले रिक्सामा त कहिले जहाजमा । मिठो सपना देखेर पानीजहाजको सपना त हामीले पनि देखेका छौँ, मेट्रो रेलको कल्पना त हामीले पनि गरेका छौँ । गाउँ गाउँ, सहर सहरमा रेल कुदाउने हाम्रा पनि त इच्छा थिए । हामीले इच्छा राख्यौँ, सपना देख्यौँ वा बाँड्यौँभन्दा पनि हुन्छ । उनीहरूले मूर्त रूप दिए । त्यसैले त भनेको हुँ सोचे जस्तो रहेनछ– बड्गलादेश । हामीले सोचे जस्तो हामी चाहिँ हुन सकेनौँ । 

बङ्गलादेशको भूमिमा पहिलो पटक पाइला टेक्दै थिएँ । नेपाल स्रष्टा समाजको संयोजन अनि बङ्गलादेश नेपाल फ्रेन्डसिप सोसाइटीको आयोजनामा छ दिने साहित्यिक अन्तव्रिर्mया, रचना वाचन कार्यव्रmममा सहभागी बन्न टेकेको थिएँ– बङ्गलादेश । फागुन १० गते थालिएको थियो, यात्रा । स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ, पवन आलोक, प्रद्युम्न जोशी, प्रदीप सापकोटासहित पाँच जनाको टोली ढाका अवतरण गर्दा नै रोमाञ्चित बनियो । अलिकति धर्मको कुरा, केही संस्कृतिका कुरा अनि केही भाषा र रहनसहनको कुराले अलि असहज हुने हो कि भन्ने पनि त सोचियो तर सोचे जस्तो कहाँ हुँदो रहेछ र ? साहित्यको र संस्कृतिको भाषा भूगोल नहुने रहेछ । मान्छेको स्वभाव जुन भूगोल र जुन परिवेशमा बाँचे पनि सज्जनता र सरलता त उस्तै हुँदो रहेछ । अनि फेरि सोचियो आफूले मात्र सोचेर नहुने रहेछ । ढाकास्थित विमानस्थलको स्वागतदेखि त्यही विमानस्थलमा बिदाइका क्षणसम्मका एक एक पल साँचेर फर्कंदा भावुकताले हामी निथ्रुक्क भइसकेका थियौँ । कृतज्ञताले हामी निहुरिसकेका थियौँ– हातमा फूलमाला लिएर हाम्रो स्वागतार्थ पङ्क्तिबद्ध उभिएकाहरू देख्दा । यसरी नै भावुक बनेका थियौँ, बिदाइको क्षणमा, दिनरात हाम्रा लागि खट्ने बङ्गलादेशीको आतिथ्य र सरलता देखेर । बङ्गलादेश नेपाल फ्रेन्डसिप सोसाइटीका सचिव सलाउद्धिन कुटु, मोसिउर रहमान, ऐनुल हक अदिल, बिजु महम्मद अनि फमिदा अहमदको आतिथ्यसँगै बङ्गलादेशको भूमिका कैयौँ भाग छिचोलेका थियौँ । कार्यव्यस्तता र व्यवसायमा बढी समय दिन परे पनि हामीलाई हरबखत साथ दिने अध्यक्ष मोसिउर अहमद । नाम लिँदै जाने हो भने गनिसाध्य छैन भनिसाध्य छैन एक एक नाम । काठमाडौँमै धेरै लिइने नाम कुटुभाइ बढी निकट भए हाम्रा । कतिसम्म भने नेपाल फर्कने बेला मैले उनलाई अँगालो हालेर भन्न पनि पुगेछु– ‘कुटु तपाईं मेरो मुटु’ । छ दिनको रमाइलो र उपलब्धिमूलक यात्रा सकाएर नेपाल फर्कने क्रममा खालिद खोडकरले ‘एयरपोर्टमा भोक लाग्ला’ भन्दै हातमा फलफूल, खानेकुरा, जुस, चिप्स राखिएको झोला थमाउँदा भावुकताले हामी निःशब्द बन्न पुगेका थियौँ । औपचारिक कार्यक्रममा जानुअघि राष्ट्रिय पोसाकमा ठाँटिएका हामीलाई देखेर प्रश्न नगर्ने र तस्बिर नखिचाउने कमै भेटिए । यहाँ पनि देखियो हामीप्रतिको सद्भाव अनि सुनियो नेपाली भूगोलको बखान, नेपाली खानाको प्रशंसा अनि नेपालको सुन्दरताका कुरा । यही कुराले पनि मन छुँदो रहेछ, एक सवा घण्टाको उडानबाट टाढा भन्नु मात्र रहेछ । भूगोलको सीमा छिचोलेर बङ्गलादेश टेकेदेखि नै सुिनन्थे निकटता र सौहार्दका कुरा । 

औपचारिक कार्यक्रम त बाँकी नै थियो, दिन तोकिएको थियो फागुन १४ गते बुधबार । त्यो दिन अगावै बङ्गलादेशस्थित नेपाली राजदूतावासले शिवरात्रिका अवसरमा आयोजित सम्मान सत्कार अनि राजदूत  घनश्याम भण्डारी र उहाँकी धर्मपत्नीको अतिथ्यमा हामी रमाएका थियौँ ।  

नेपाली राजदूतावासमा फागुन १४ गते  आयोजित साहित्यिक अन्तव्रिर्mया तथा रचना वाचनमा बङ्गलादेशका नाम चलेका स्रष्टाहरूको बाक्लो उपस्थितिबिच ‘नेपाली साहित्यको वर्तमान स्थिति’ विषयक कार्यपत्र श्रीओम श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।  बङ्गला एकेडेमीका मुजफ्फर हुसेनले ‘बङ्गलादेशको साहित्य : सङ्घर्ष र रचनात्मक  प्रतीक’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बङ्गलादेशका कवि सलिम सुलेरी, उस्मान गोनी आदिले रचना वाचन गर्नुभएको थियो । नेपालबाट पवन आलोक, श्रीओम श्रेष्ठ, जयदेव भट्टराई, प्रद्युम्न जोशी र प्रदीप सापकोटाले रचना वाचन गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइनुभएका  बङ्गलादेशका संस्कृति सेव्रmेटरी (मन्त्री) मुस्तफा सरवार फारोकीले नेपाल–बङ्गलादेश मित्रताको मूलमा रहेको बलियो भाषिक, साहित्यिक र सांस्कृतिक समानतामा चर्चा गर्नुभएको थियो ।  

राजदूत घनश्याम भण्डारी, आयोजक संस्थाका अध्यक्ष मोसिउर अहमदले साहित्य र दुई देशबिचको सम्बन्धबारे चर्चा गर्नुभएको थियो । यसअघि बङ्गलादेशी विद्यार्थीको हेराइमा नेपाल शीर्षकमा विभिन्न उमेर समूहका बालबालिकाले सिर्जना गरेका चित्रकलामा सहभागीलाई पुरस्कृत गरिएको थियो । नेपाली राजदूतावासले कला र नेपालको संस्कृतिलाई बङ्गलादेशका बालबालिकाले केही सिकून् जानून् भन्ने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजन गरिँदै आएको जानकारी राजदूत घनश्याम भण्डारीले दिनुभएको थियो । मन्त्री फारोकीले  रचना वाचन र अन्तव्रिर्mया भनिए पनि कार्यक्रमले कलालाई पनि समेटेको थियो । सद्भाव र संवादलाई पनि आत्मसात् गरेको थियो । 

बङ्गलादेशको छ दिने यात्राले लिएको समय छोटो लाग्न सक्छ, यसले समेटेको कार्यक्रम सङ्क्षिप्त लाग्न सक्छ तर यसले छाडेको प्रभाव र एकअर्कामा आत्मीय सम्बन्धलाई निश्चय रूपमा दरिलो बनाएको छ, गर्विलो बनाएको छ । नेपाल–बङ्गलादेशको साहित्यिक सम्पर्कलाई निरन्तर अघि बढाइरहन व्रिmयाशील नेपाल स्रष्टा समाजको यो प्रयास अनि यो सुखद यात्रा उल्लेख्य बन्न पुगे । 

पेन बङ्गलादेश इन्टरनेसनलका अध्यक्ष मौसुद मनानको निम्तो तथा पूर्वअध्यक्ष फरिदा हुसेनको आतिथ्यमा नेपाल र बड्गलादेशका स्रष्टाबिच एकअर्का देशबिचको साहित्य लेखन, सम्पर्क र भावी कार्यक्रमबारे छलफल भएको थियो ।  ढाकाको गुलसनमा आयोजना गरिएको उक्त कार्यक्रममा दुई देशका स्रष्टासँगको अन्तरसंंवाद कार्यव्रmममा दुई देशबिचको साहित्य, संस्कृतिबिच मात्र संवाद भएन आउँदा दिनमा यस्ता भ्रमणलाई बढाउँदै जाने र साहित्यको उत्थानमा मिलेर काम गर्ने पनि सन्दर्भ उठे । निरन्तरता पाउन यस्ता कार्यव्रmमले, अहिलेलाई यति । फेरि पनि दोहो-याउन मन लाग्यो–सोचेभन्दा बढी उपलब्धिमूलक रह्यो छ दिने बङ्गलादेशीय यात्रा । सोचेभन्दा फरक रहेछ बङ्गलादेश ।

Author

जयदेव भट्टराई