• ८ वैशाख २०८२, सोमबार

पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ।

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको ‘नेपाल कानुन व्यावसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जर्मनीको बर्लिनमा आयोजित पर्यटन व्यापार मेला आइटिबी बर्लिन र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसको कार्यक्रममा यही फागुन १८ गते जर्मनी प्रस्तान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको पर्यटन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीबाट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री कार्यालयको पत्रको व्यहोरा सभामुखको आसनबाट सांसद चन्दा कार्की (भण्डारी) ले पढेर सुनाउनुभएको थियो । रासस