कोकिला भण्डारी
धनकुटा, फागुन १९ गते । सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनकुटाको सभाहलमा आज सम्पन्न अधिवेशनले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।
समूहको १३ सदस्यीय कार्य समितिको उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा कोकिला भण्डारी र चाँदनी राई, सहसचिवमा बालकुमारी थापा, कोषाध्यक्षमा षष्टिका राई, सदस्यहरूमा उपासि ताजपुरिया, पञ्चमाया तामाङ्, तुलसा पैडेल, सृजना खुलाल, बिनु कार्की, धनकुमारी राई रहनुभएको छ ।
संविधानसभा सदस्य लीला सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास, पत्रकार रमेशचन्द्र अधिकारी, सन्तवीर लामालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।