• १९ फागुन २०८१, सोमबार

सिद्धगुफा मोटर मार्ग बन्द

blog

सिद्धगुफा मोटरमार्ग ।

अमरराज नहर्की

तनहुँ, फागुन १८ गते । सिद्धगुफा मोटर मार्ग १६ दिन बन्द भएको छ । सडक स्तरोन्नतिको काम भइरहेकाले आइतबारदेखि सडक बन्द गरिएको हो । 

भीमाद नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा फागुन १८ गतेदेखि चैत ४ गतेसम्म बन्द गरिएको उल्लेख छ ।  

भीमाद नगरपालिकाको सिद्धगुफा मोटरमार्ग निर्माण योजना अन्तर्गत जिदीखोला पुलदेखि सिद्धगुफा गेट खण्ड बन्द हुने भएकाले बैकल्पिक बाटो प्रयोग गर्न सूचित गरिएको छ ।