• १९ फागुन २०८१, सोमबार

भारतीय खेलाडीलाई हराउँदै पुरुषोत्तम विजयी

blog

बुद्धिचाल उपाधि विजेता खेलाडी ।

काठमाडौँ, फागुन १८ गते । खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालमा युवा खेलाडी पुरुषोत्तम सिलवालले जित्नुभएको छ । 

गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा पाँच दिनसम्म चलेको  नगर मेयर कप खुला बुद्धिचालमा अपराजित रहँदै उपाधि जित्ने क्रममा सिलवालले भारतका मज इकबाललाई पछि पार्नुभयो ।

१९३७ रेटेड सिलवालले आठ अङ्क जोड्नुभएको थियो । उहाँले व्यक्तिगत ८८ फिडे रेटिङ्गसमेत बढाउन सफल हुनुभयो । उपाधिसँगै सिलवालले ५१ हजार रुपियाँ पाउनुभयो । 

यस्तै २०७० रेटेड एफएम क्षितिज भण्डारीले सात अङ्क जोड्लै दोस्रो हुनुभयो । समान सात अङ्क बनाउनुभएका भारतका मज इकबाल तेस्रो हुनुभयो । दोस्रोलाई २५ हजार र तेस्रोलाई १६ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपालका १९६५ रेटड सिएम सजिन महर्जनले चौथो बन्दै आठ हजार रुपियाा पाउनुभयो । 

यस्तै महिलामा नेपालकी सिन्दिरा जोशी उत्कृष्ट हुनुभयो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललगायतले पुरस्कार प्रदान गर्नुभयो ।