• १७ फागुन २०८१, शनिबार

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की ।

वासिङ्टन, फागुन १७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति स्थापना गर्ने कुरामा चकाचर्की भएपछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँगको आफ्नो सम्बन्ध अझै सुधारगर्न सकिने बताउनुभएको छ । 

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पसँगको सम्बन्ध लाई बचाउन सकिन्छ कि भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले भन्नुभयो, “पक्कै पनि ।” अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपति भन्दा बढी’का लागि रहेको बताउँदै उहाँले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताउनुभयो ।

जेलेन्स्कीले ट्रम्पको मनपर्ने समाचार च्यानल फक्ससँग भन्नुभयो, “अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ ।” राष्ट्रपति ट्रम्पले शुक्रबार पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले ‘बढी खेलिरहेको’ र तत्काल युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताउनुभएको थियो । 

तपाई ट्रम्पसँग माफी माग्न चाहनुहुन्छ त भन्ने प्रश्नमा जेलेन्स्कीले अस्वीकार गर्दै फक्स न्यूजसँग भन्नुभयो, “हामीले केही नराम्रो गरेका छौँ भन्ने मलाई लाग्दैन । यद्यपि, उहाँले पत्रकारहरूको अगाडि विवादको बिषयलाई धेरै आदानप्रदान नहोस् भन्ने आफूले चाहेको बताउनुभएको थियो ।” यसैबिच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीलाई ‘हाम्रो समय खेर फालेकोमा माफी माग्न’ आग्रह गर्नुभएको छ । रासस/एएफपी