• १३ फागुन २०८१, मङ्गलबार

धरानमा महिला सञ्जालको भवन उद्घाटन

blog

निशा राई 

धरान, फागुन १३ गते । धरान उपमहानगरपालिकामा महिला सञ्जालको आफ्नै भवन उद्घाटन भएको छ । मङ्गलबार धरान–१३ स्थित वडा कार्यालयको छेउमा कार्यक्रमको प्रमुखको अतिथी कोशी प्रदेशको सांसद यसोदा कायस्थ, धरान–१३ को वडाध्यक्ष नेत्र प्रसाद काफ्ले  महिला सञ्जालको पूर्व अध्यक्ष चेतना श्रेङ लगायतले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

नवनिर्मित भवनको जग्गा धरान उपमहानगरपालिका(१३ वडाले प्रदान गरको पुर्व अध्यक्ष चेतना श्रेङले बताउनुभयो । तीन तल्लाको भवन निर्माण हुने भनिए पनि हाल डेढ तल्लाको करिव ४५ लाखमा निर्माण भएको उहाँले बताउनुभयो । 

भवन निर्माणको लागी सहरी विकास मन्त्रालय कोशी प्रदेश, धरान उपमहानगरपालिका, धरानको वडा कार्यालयहरु सहित विभिन्न व्यक्तित्वहरुले बजेट प्रदान गरि महिला सञ्जालको भवन निर्माण भएको उहाँले बताउनुभयो । भवनको निर्माण संयोजक सञ्जाल अध्यक्षद्व्य चेतना श्रेङ र सपना राईले गर्नुभएको थियो । 

सञ्जालका नवनिर्वाचित अध्यक्ष सावित्री ईवरामको अध्यक्ष चयन भएको १३ कार्यसमितिको पदस्थापना समेत कार्यक्रममा भएको थियो । भवन निर्माण संयोजक चेतना श्रेङ र १३ नम्बर वडा अध्यक्ष नेत्र काफ्लेलाई कार्यक्रमको प्रमुख अतिथि सांसद कायस्थले सम्मान गर्नुभएको थियो । 

महिलाहरुको हकहितको लागी काम गर्दै महिलाहरुको लागि काम गर्ने आवास समेत निर्माण गर्नमा योगदान गरेकोमा उहाँले खुशी व्यक्त गर्दै अझै धेरै महिलाहरुको हकहितको लागी काम गर्दै जान आग्रह गर्नुभयो । 

कार्यक्रममा धरान १५ का वडाअध्यक्ष नरेश ईवराम, धरान उपमहानगरपालिकाको निवर्तमान नगर प्रमुख तिलक राई , निवर्तमान उपप्रमुख मन्जु भण्डारी, धरान उपमहानगरपालिकाको काग्रेस सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान अध्यक्ष हर्क जङ एभेङ, नेकपा माओवादी धरान अध्यक्ष उद्वव लिम्बू लगायत विभिन्न महिला समुहहरुको उपस्थिती थियो।