काठमाडौँ, फागुन १३ गते । आयोजक ललितपुर टेबलटेनिस क्लब र ग्लोबल टेबलटेनिस एकेडेमीले सातौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा मङ्गलबार स्वर्ण जितेका छन् ।
ललितपुर पुरुष तथा ग्लोबल महिलामा पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले प्यासिफिकलाई ३–० ले हरायो । नेपाल पुलिस क्लब र ग्लोबल तेस्रो भयो ।
महिलाको फाइनलमा ग्लोबलले प्यासिफिक सेन्टर ‘ए’ लाई ३–१ ले हरायो । दार्जिलिङ टिटी एसोसिएसन र ललितपुर टेबलटेनिस क्लब तेस्रो भयो । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५० हजार, २५ हजार र १०/१० हजार रुपियाँ पुरस्कार पाउने छन् ।