काठमाडौं, फागुन १३ गते । भोलि (बुधबार) महाशिवरात्रि पर्व धूमधाम साथ मनाइँदै छ । यसका लागि पशुपति क्षेत्रमा महाशिवरात्रिको चहलपहल सुरु भइसकेको छ ।
शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ । शिवरात्री पर्वका लागि नेपालसहित भारतलगायतका देशबाट साधुुसन्तसहित भक्तजनहरुको भिड लाग्न सुरु भएको छ ।
पशुपतिनाथ मन्दिरमा आउने श्रद्धालुको व्यवस्थापनलगायत मन्दिर क्षेत्रमा रंगरोगनदेखि सजावटको काम धमाधम भइरहेको छ । पशुपति क्षेत्रमा सरसफाईदेखि विभिन्न किसिमका फूलहरुले सजाउने काम भइरहेको छ । त्यस्तै पशुपति क्षेत्रमा झिलिमिलि बत्तीले सजाइएको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो
पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिनका लागि भनेर चढाउने
बेलपत्रसहित फूलहरु पनि पशुपति क्षेत्रमा ल्याउने क्रम जारी छ ।