• १३ फागुन २०८१, मङ्गलबार

राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाको अध्यक्षमा श्रेष्ठ चयन

blog

राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठको नेतृत्वमा सर्वसम्मत चयन भएको नयाँ कार्यसमिति । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, फागुन १३ गते । राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । मङ्गलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको  नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

एनएफपिजेको उपाध्यक्षमा वसन्त शेर्पा, सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सहसचिवमा माधव पोखरेल चयन हुनुभएको छ । त्यस्तै, कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमिया, मदनमणि तिमिल्सिना, सागर ढकाल चयन हुनुभएको छ । कार्यक्रममा बोल्नुहुँदै केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले संस्थागत रुपमा अग्रज फोटो पत्रकारहरुसँग समन्वय गरेर काम गर्ने साथै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रममा राधिका कँडेलले फोटो पत्रकारको हकहितमा काम गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा बोल्नुहुँदै नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठले फोटो पत्रकारहरूको हकहितका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी नयाँ वर्षको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर संस्थाको संस्थागत भित्तेबाट प्रकाशन गर्ने त्यसैगरी फोटो पत्रकारको प्रोत्साहनका लागि विभिन्न पुरस्कारहरु स्थापना गर्ने र पोखरामा फोटो प्रर्दशनी आयोजना गरिने बताउँदै श्रेष्ठले फोटो प्रर्दशनी सफल बनाउनका लागि सबैलाई आग्रह गर्नुभयो ।