• ११ फागुन २०८१, आइतबार

लेबनानको सान्त्वना जित

blog

बल खोस्ने प्रयास गर्दै लेबनान र कीर्गिस्तानका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन ११ गते । लेनबनानले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।

दशरथ रङ्गशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा लेबनानले कीर्गिस्तानलाई २–० गोलले हरायो । चार टोली सम्मिलित प्रतियोगितामा कीर्गिस्तान जितविहीन रह्यो  ।

यसअघि दुवै टोलीले म्यानमार  र नेपालसँग हार खेपेका थिए । लेबनानले दुवै गोल पहिलो हाफमा गरेको हो । लेबनानको जितमा क्रिस्टी मालोफले १३औँ र मिया रोज कलिलले २२औँ मिनेटमा गोल गर्नुभयो ।

यसअघि नै लगातार दुई जित निकाल्दै फाइनलमा स्थान बनाएको आयोजक नेपाल र म्यानमारबिच आजै साँझ लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुँदैछ । यी दुवै टोलीबिच बुधबार उपाधिका लागि पुन: प्रतिस्पर्धा हुनेछ ।