• १० फागुन २०८१, शनिबार

प्रज्ञाप्रतिष्ठानमार्फत भाषा, संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौंःमुख्यमन्त्री आचार्य

blog

मुख्यमन्त्री चेतनारायण आचार्य लुम्बिनी प्रदेश वाङ्मय प्रतिष्ठान नेपालको चौथो अधिवेशन तथा आठौं साधारणसभाको बुटवलमा शनिबार उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : गणेश खनाल

गणेश खनाल
अर्घाखाँची, फागुन १० गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सबै भाषा, कला, संस्कृति तथा सम्भयताको संरक्षण,  सम्वर्धन र प्रवर्धन गर्न प्रज्ञाप्रतिष्ठानले सम्बोधन गरिने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश वाङ्मय प्रतिष्ठान नेपालको चौथो अधिवेशन तथा आठौं साधारणसभाको बुटवलमा शनिबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले साहित्य क्षेत्र समाजको ऐना भएको, विकृति, विसंगतिकाविरुद्ध साहित्यक कलमको माध्यमबाट खबरदारी गर्दै खोज अनुसन्धानको क्षेत्रमा प्रज्ञाप्रतिष्ठानले भूमिका खेल्ने बताउनुभएको हो ।

लुम्बिनी प्रदेश सरकारले प्रज्ञाप्रतिष्ठान गठन प्रक्रिया अघि बढाएको, विधेक तर्जुमा निर्माणको काम भइरहेको जानकारी उहाँले दिनुभयो । ‘‘भाषा, साहित्य, कला, संस्कृतिलगायत सम्पदाहरूको अध्ययन अनुसन्धान अघि बढाउन प्रज्ञाप्रतिष्ठान गठन गर्न थालिएको हो । प्रज्ञाप्रतिष्ठान गठनका लागि मस्यौदा तयार भएको छ । मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति दिएका छौं । बर्खे अधिवेशनमा प्रज्ञाप्रतिष्ठान पारित हुन्छ ।’’ उहाँले भन्नुभयो, ‘‘अर्थ र सामाजिक विकास मन्त्रालयबाट पनि सहमति लिने काम अघि बढेको छ । अब असार महिनासम्म नियमावली बनाएर कार्यान्वयनमा लैजान्छौं ।’’

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश ज्ञानको भण्डार भएको बताउनुभयो । नयाँ पुस्तालाई लेखन कार्यमा आकर्षित गर्न जरुरी रहेको धारणा राख्नुभयो  उहाँले मुलुकको धर्म, संस्कृति र राष्ट्रियता जोगाउन कलमको माध्यमबाट योगदान पुर्‍याएको भन्दै  योगदानको उच्च कदर गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष ऋषि आजादको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । लुम्बिनी वाङ्गमय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादले भाषिक नीति, अनेकतामा एकता अवलम्बन गरिएको, नेपालीय भाषा, कला, साहित्य र संस्कृति संरक्षण सबैको प्राथमिकमा पर्न जरुरी रहेको धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा उहाँले मुख्यमन्त्रीको सरलताले राहतको अनुभूति गरेका छौं । समाजलाई आडम्बर र अहङ्कारले बिगार्दै छ । यसलाई रोक्न जरुरी छ ।

कार्यक्रममा संस्कृति रत्न सम्मानबाट डा. गितु गिरी, डाक्टर हरिप्रसाद तिमिल्सिना, डा. गोविन्द आचार्यलाई सम्मान गरिएको छ ।

यस्तै, शीत काव्य रत्न सम्मान कृष्णप्रसाद केसीलाई सम्मान गरिएको छ । यसैगरी, उत्कृष्ट जिल्ला अर्घाखाँची र रुपन्देही वाङ्गमय प्रतिष्ठान भएका छन । कदर पत्र प्रदान गरिएको छ । कार्यक्रममा संस्कृति भोजपुरी भाषामा डिआर पन्थी, गुरुङ्ग भाषामा भिम गुरुङ, नेपाल भाषामा हरिसुन्दर वासी, संस्कृत भाषामा कृष्णप्रसाद कोइराला, उर्दु भाषामा सहर अलि, अवधि भाषामा शिव प्यासी, थारू भाषामा राजकुमार थारू, सल्लाह डा.हरि तिमिल्सिना, प्रा.डा. गितु गिरी, डा. गोविन्द आचार्य, प्रगतिशील लेखक सङ्घ रूपन्देहीका अध्यक्ष कृष्ण गाउँले, साहित्यकार डिल्लीराज भट्टराई, पत्रकार डा. बालकृष्ण चापागाईं, जंगबहादुर शाह,  प्रा.डा. कपिल लामिछानेलगतायले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

वरिष्ठ उपाध्यक्ष हरिप्रसाद पोख्रेलले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सृजना ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सहजीकरण रूपन्देही अध्यक्ष पुरुषोत्तम पाण्डेले गर्नु भएको थियो ।