लमजुङ, फागुन १० गते । पर्यटकको रोजाइमा पर्ने लमजुङको घले गाऊँ । समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लमजुङको सदरमुकाम बेंसीशहरबाट २७ किलोमिटर पश्चिम–उत्तर दूरीमा अवस्थित छ । यहाँ एक सय २५ घर परिवार बसोबास गर्छन् ।
विसं २०५७ देखि १२ वटा घरबाट घरवास कार्यक्रम सुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे (घरबास) गाउँका रूपमा विकास गरिएकामा हाल ४० वटा घरमा घरबास कार्यक्रम सञ्चालनमा छन् ।
यहाँबाट घले गाउँ प्रकृति र संस्कृतिले पर्यटक लोभ्याउँदै , अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।