अविनाश चौधरी
धनगढी, फागुन ९ गते । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कैलालीका भोजराज ढुङ्गाना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
धनगढीमा भएको सञ्जालको प्रदेश स्तरीय अधिवेसनले उहाँको नेतृत्वमा १५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा बसन्ती सुनार, सचिवमा दीपकराज जोशी, सहसचिवमा यशोदा मल्ल र कोषाध्यक्षमा कृष्णा चौधरी चयन हुनुभएको छ ।
यस्तै, सदस्यमा महावीर चौधरी, सुनिता राना, मनीषा चौधरी, उषा महर, सम्झना थापा, चेतना जोशी, राधा धामी, पुष्पा भण्डारी र खुशीराम राना चयन भएका जनाइएको छ । सञ्जालको दुई दिनसम्म धनगढीमा चलेको अधिवेसनले हिजो बेलुका सर्वसम्मतले कार्य समिति चयन गरेको थियो ।