• १० फागुन २०८१, शनिबार

'मेरो विद्यालय मेरो दायित्व' कार्यक्रम हापुर माविद्वारा अस्विकार

blog

सन्तोष दहित

दाङ, फागुन ९ गते । लुम्बिनी प्रदेश सरकारको 'मेरो विद्यालय, मेरो दायित्व' कार्यक्रम सुरु नहुँदै दाङको एक विद्याललय अस्विकार गरेको छ । दाङ घोराही उपमहानगरपालिका-१२ स्थित हापुर मावि रतनपुर दाङलाई छनौट गरेको भएपनि विद्यालयले उक्त कार्यक्रम अर्थहिन भएको भन्दै कार्यक्रम गर्न नसकिने जनाएकाे हाे ।

लुम्बिनी प्रदेश सरकारको 'मेरो विद्यालय, मेरो दायित्व कार्यक्रम' अर्थहिन र प्रभावकारी नभएकोले आफुहरुले उक्त कार्यक्रम अस्विकार गरेको हापुर मावि विद्यालय व्यवस्थापन समितिका अधयक्ष सुरेश गौतमले जानकारी दिनुभयो । उहाँले उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिको बसेको बैठकले उक्त कार्यक्रमलाई अस्विकार गर्दै आफूहरुले सामाजिक विकास डिभिजन कार्यालय, घोराही उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधिलाई बोधार्थ गदै उक्त कार्यक्रम फिर्ता गरिएको जानकारी गरएको अध्यक्ष गौतमले बताउनुभयो ।

'मेरो विद्यालय, मेरो दायित्व' कार्यक्रम फिर्ता पठाईएकोबारे सामाजिक विकास डिभिजन कार्यालयलाई लेखेको चिठ्ठी मा प्रदेश सरकारको 'मेरो विद्यालय, मेरो दायित्व' कार्यक्रमको सञ्चालन सम्बन्धमा यस विद्यालयको व्यवस्थापन समितिको वैठमा छलफल गर्दा यस कार्यक्रमको सञ्चालन कार्यविधि,२०८१ अनुसारको कार्यक्रमको उद्देश्य तथा सञ्चालन प्रकृयासँग बाँझिएको हुँदा यस कार्यक्रमको सञ्चालन गर्न नसकिने साथै यस कार्यक्रमलाई फिर्ता पठाइदिने निर्णय भएको जानकारी गराएको छ ।

त्यस्तै चिठ्ठीमा अहिले पनि लुम्बिनी प्रदेश सरकारले विगत आर्थिक वर्षको विनियोजित कार्यक्रमहरुको दायित्व तिर्न सकिरहेको छैन । सामाजिक विकास डिभिजन दाङको मात्र २ करोड दायित्व तिर्न नसकेर धेरै विद्यालयहरु समस्या परेका छन यस्तो अवस्थामा यस्ता फजुल कार्यक्रम गर्नुको कुनै औचित्य देखिदैन, त्यसकारणलेले उक्त कार्यक्रम संचालन गर्न नसकिएको बताएकाे छ ।

यस्तै विनियोजन भएको बजेटलाई आफूले तिर्नुपर्ने दायित्वको फरफारक गर्नु तर्फ ध्यान दिन सकियो भने धेरै विद्यालयहरुलाई राहत हुने थियो तर देशको अर्थतन्त्रको विद्यमान शिथिल आर्थिक गतिविधले गर्दा चालु आर्थिक वर्षको प्रथम ६ महिनासम्म पनि संघीय सञ्चित कोष ऋणात्मक नै रहेको छ । राजश्व सङ्कलनमा सङ्कुचन आएको छ, त्यसकारण उक्त कार्यक्रम सान्र्दभिक्ता नभएको चिठ्ठीमा उलेख गरेको छ ।

प्रादेशिक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गर्न लागेको हो । यस कार्यक्रमले प्रदेश सरकारले ७१ प्रतिशत बालबालिकाहरुको रोजाइमा पर्ने लक्ष्या लिएको छ । 

यस्तै यस कार्यक्रमले आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबिच अन्तरक्रिया गरेर शैक्षिक अवस्था सुधार्नमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस लक्ष्य र अपेक्ष सहित प्रदेशभरका सामुदायिक विद्यालयलाई लक्षितगरी यो अभियान सञ्चालन गरिन लागेको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिनुभयो ।