• ७ वैशाख २०८२, आइतबार

सात प्रदेशमा कांग्रेसको अभियान

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, फागुन ८ गते । नेपाली कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीले गरेका सकारात्मक काम र ती कामबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिनुभएको हो । 

कार्यक्रममा पत्रकारद्वय हरिबहादुर थापा र डा. जगत नेपालले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । उहाँका अनुसार फागुन ९ गते विराटनगर, १० गते जनकपुर, १७ गते पोखरा, १८ गते बुटवल, २० गते सुर्खेत र फागुन २१ गते धनगढीमा प्रदेशस्तरीय अभियान आयोजना गर्ने तय भएको छ ।

उहाँले भन्नुभयो, “केही शक्तिले कांग्रेस पार्टी मात्र होइन, सिङ्गो व्यवस्था र प्रणालीलाई नै बदनाम हुने गरी नकारात्मक प्रचार गरिरहेको सन्दर्भलाई दृष्टिगत गरी अभियान आयोजना गरिएको हो ।”