गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ४ गते । पियोर इनर्जी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) अनुमति पाएको छ ।
कम्पनीले आइपिओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको हो । आइपिओ निष्कासन गर्न बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ । यससँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आइपिओ निष्कासन गर्ने जनाएको छ । दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरिने र त्यसपछि सर्वसाधारणका लागि आइपिओ जारी गरिने कम्पनीले जनाएको छ ।
लिबर्टी इनर्जीको हकप्रद सेयर सूचीकृत
लिबर्टी इनर्जी कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ७५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइने छ । कम्पनीले गत मङ्सिर १६ देखि पुस ७ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत गराएको हो ।