सन्तोष दहित
दाङ (घोराही), माघ २१ गते । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फागुन ५ गते दाङ आउनुहुने भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा कुलपतिको हैसितले सहभागी हुन आउन लाग्नु भएको प्रष्तिष्ठानका पदाधिकारीले बताएका छन् ।
सोही वैठकमा आएको बेला समयमा प्रतिष्ठानको चारसय बेडको भबन सिलान्यास गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो ।
यसैविच एमाले दाङले प्रधामन्त्री ओली दाङमा आएको समयमा जनभसा कार्यक्रम गर्न लागिएको एमाले दाङका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीले जानकारी दिनुभयो । सभालाई बृहत बनाउन सोमबार पार्टी कार्यालय घोराहीमा नेकपा (एमाले) दाङको जनसंगठन समन्वय संयन्त्रको तयारी बैठक सम्पन्न गरेको छ ।
बैठकमा एमालेका पोलिटव्यूरो सदस्य एवम् दाङका इन्चार्ज नरुलाल चौधरीले फागुन ५ को सभा सफल बनाउन जनसंगठनका प्रमुखहरूलाई बोलाएर निर्देशन दिनुभएको छ ।
यस्तै, उहाँले नेकपा (एमाले) ले सञ्चालन गर्न थालेको जरा अभियानमा पार्टीको नीति विचार बुझाउँदै सदस्यता बृद्धि, नवीकरण तथा मिसन ८४ को आधार तयार पार्ने कार्यमा सबै नेता कर्ता परिचालित हुनुपर्ने बताउनुभयो ।
त्यस्तै, केन्द्रीय सदस्य जीवन गौतमले पार्टीलाई सबै जनताको माझमा पुगाउन टोल वस्तीमा पुगेर संगठन निर्माण गर्न निर्देशन दिनुभयो । उहाँले आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने जनसभामा उल्लेख्य जनताको उपस्थिति गराउन आवश्यक कार्ययोजना बनाएर लाग्नुपर्ने बताउनुभयो ।
नेपाल बुद्धिजिबी परिषदमा अध्यक्ष विकास गौतमको स्वागत मन्तव्यबाट सुरू भएको बैठकमा पार्टीका उपाध्यक्ष तथा संयन्त्रका संयोजक मनोहर बुढाथोकीले जनसंगठनले फागुन ५ गतेको सभामा गर्नुपर्ने कामका बारेमा कार्ययोजना प्रस्तुत गर्दै सोहीअनुसार काम गर्न निर्देशन दिनुभयो ।
सो अवसरमा एमाले प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, पार्टीका पूर्व अध्यक्ष तथा भूमि आयोग दाङका अध्यक्ष हुकुमबहादुर वस्नेत, पार्टीका जिल्ला अध्यक्ष शिवकुमार आचार्य लगायतले पार्टीले सञ्चालन गर्न थालेको अभियानका बारेमा जनसंगठनले खेल्ने भूमिका बारेमा जानकारी दिनुभएको थियो ।