• २१ माघ २०८१, सोमबार

नेपालकी पूजा आइसिसी ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्न सफल

blog

नेपालकी कप्तान पूजा महतो ।

काठमाडौँ, माघ २१ गते । नेपालकी कप्तान पूजा महतो आइसिसी यु–१९ महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्नुभएको छ ।

आइसिसीले सोमबार घोषणा गरेको १२ खेलाडीको सुचीमा पूजा अटाउनुभएको हो । मलेसियामा आइतबार सम्पन्न आइसिसी यु–१९ महिला टी–२०विश्वकपको उपाधि भने भारतले जितेको थियो । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै उपाधि जितेको हो ।

पूजा आइसिसीको टिममा पर्ने एसोसिएट खेलाडी हुहुनुन्छ । उहाँले विश्वकपको चार खेलमा ७० रन बनाउनुका साथै नौ विकेट लिनुभएको थियो । आइसिसीको टिममा विजेता भारतबाट चार, उपविजेता दक्षिण अफ्रिकाबाट तीन, इङ्ल्यान्डबाट दुई तथा नेपाल, श्रीलङ्काका र अस्ट्रेलियाबाट एक एक खेलाडी परेका छन् ।

पहिलो पटक यु–१९ विश्वकप खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपालले समूह चरणका तीन खेलमा पराजित भएको थियो । नेपालले प्लेअफ खेलमा भने आयोजक मलेसियालाई सात विकेटले हराएको थियो ।