काठमाडौँ, माघ २० गते । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा जितमा लागि नेदरल्यान्ड्सले नेपाललाई एक सय ४१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरसिथ्त त्रिवि मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा सात विकेटको क्षतिमा एक सय ४० रन बनायो ।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै हिटर सिगर्सले २६ तथा रोविन रिके र फेबी मोलकिनरले २१/२१ रन जोड्नुभयो ।
बलिङमा नेपालकी सिता रानामगरले पाँच विकेट लिनुभयो । मनिषा उपाध्यायले दुई तथा कविता जोशी र कप्तान इन्दु वर्माले एक एक विकेट लिनुभयो ।कविता जोशी र कप्तान इन्दु वर्माले एक एक विकेट लिनुभयो ।
यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल शनिबार थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो ।