• ९ वैशाख २०८२, मङ्गलबार

लमजुङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

blog

नवीनराज कुइँकेल

लमजुङ, माघ १६ गते । लमजुङको दोर्दी गाउँपालिका–५, पाचोक स्थित कैँची डाँडाको जङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका–९ बस्ने २७ वर्षीय किरण गुरुङ रहेका छन् । दुर्घटनामा परी गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङको शव परीक्षणका लागि लमजुङ अस्पताल बेसीशहर ल्याइएको छ । 

पाचोक बेसीबाट कैँचीडाँडा तर्फ दाउरा लिन जाँदै गरेको ग१त ५२७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालक दोर्दी गाउँपालिका–३ बस्ने ३० वर्षीय लाल बहादुर तामाङ भने, फरार छन् । उहाँको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले बताउनुभयो । 

घट्नाको आवश्यक अनुसन्धान भइरहेको साहले जानकारी दिनुभयो ।