काठमाडौँ, माघ १५ गते । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान अनिलकुमार शाह अप्टिमसको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ ।
शाहलाई मङ्गलबार एक कार्यक्रमबिच अप्टिमस ग्लेबल एजुकेसन कन्सल्टेन्सीले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा सार्वजनिक गरेको हो ।
ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौता पत्रमा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अशिम मैनाली र क्रिकेटर शाहले हस्तक्षर गर्नुभयो ।
तीन वर्षका लागि गरिएको सम्झौताअनुसार कन्सल्टेन्सीले शाहलाई आर्थिकलगायत सहयोग गर्ने र शाहले कन्सल्टेन्सीको प्रवर्धनमा सहयोग पुर्याउने बताइएको छ ।
शाहको कप्तानीमा हालै जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि जितेको थियो ।