• १० माघ २०८१, बिहिबार

चन्द्रकोटमा राष्ट्रपति रनिङ शिल्ड हुने

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ १० गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा छैटाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यस गाउँपालिकाको वडा नम्बर–४, शान्तिपुरस्थित उदय मावि र चक्रेश्वर इङलिस बोर्डिङ स्कुलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

चन्द्रकोट गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठक अनुसार यही माघ १७ र १८ दुई दिन गाउँपालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने विद्यालयले माघ १५ गतेसम्म नाम दर्ता गराउनुपर्ने छ । चालू शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्षमुनिका छात्रछात्रालाई खेलकुद प्रतियोगितामा सहभागी गराउनुपर्नेछ । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले एक खेल विधामा सहभागी हुने पाउनेछन् ।

प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाकमा भाग लिन पाइने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौँ संशोधन) अनुसार हुनेछ । प्रतियोगितामा भलिबल छात्रछात्रा, कबड्डी छात्रछात्रा, एथ्लेटिक्स छात्रछात्रा दौड (ट्रयाक), उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट र मार्सल आर्टतर्फ कराँते छात्रछात्रा, तेक्वान्दो छात्रछात्रा खेल हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नयनसिंह ठकुरीले बताउनुभयो ।