• ८ माघ २०८१, मङ्गलबार

अमेरिकाको विदेशमन्त्रीमा मार्को रुबियो

blog

वाशिङ्गटन (अमेरिका), माघ ८ गते । अमेरिकी सिनेटले सोमबार सर्वसम्मतिले मार्को रुबियोलाई विदेशमन्त्रीको रूपमा चयन गरेको छ ।

९९–० को मतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद्को मनोनयनलाई पुष्टि गर्ने सिनेटरहरूले गरेको पहिलो मतदान थियो । २०११ पछि फ्लोरिडा राज्यको प्रतिनिधित्व गर्ने सिनेटर रुबियोले सिनेटमा मतदान गरेको यो अन्तिम पटक हुनसक्छ ।

ट्रम्पका उत्साही अनुयायी र उहाँका नीतिहरूको वकालत गर्ने रुबियोले ट्रम्पलाई धन्यवाद दिनुभयो । ट्रम्पको विदेश नीतिको प्रतिबद्धतालाई अमेरिकी विदेश विभागको मूल मिसन बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो । ५३ वर्षीय रुबियो क्युबाली आप्रवासीहरूका सन्तान हुनुहुन्छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल