• २ माघ २०८१, बुधबार

यो सरकार ८४ निर्वाचनसम्म चल्छ : सचिव भट्टराई

blog

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराई । तस्बिरः सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, माघ २ गते । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकार ८४ को निर्वाचनसम्मै चल्ने बताउनुभएको छ । प्रेस चौतारी दोलखाले बुधबार  गरेको पत्रकार सम्मेलनमा भट्टराईले सरकारको स्थायित्व नहुँँदा धेरै समस्या भएकाले हालको सरकार ८४ सालको निर्वाचनसम्म टिक्ने बताउनुभएको हो ।

मुलुककको अर्थतन्त्र सङ्कट्मा रहेकाबेला सरकारमा दुई ठुला दल एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकार बनेकाले प्रतिपक्ष दल नेपाललाई स्थायित्व नचाहनेहरुले सरकार ढल्ने हल्ला फैलाएको बताउनुभयो ।

अहिलेको सरकार गठन हुने बेला अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो थिएन, सरकार र संसदको कामको राम्रो सन्देश थिएन । त्यसपछि सातबुँदे सहमतिमा यो सरकार बन्यो उहाँले भन्नुभयो । सातबुदे कार्यन्वयन गर्न वर्तमान सरकार तत्पर रहेको उहाँको भनाइ छ । अहिले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउँदै भट्टराईले बिगतका सरकारको दायित्वहरु सरकारले भुक्तानी गर्नुपर्ने भएकाले बिकास निर्माणका महत्त्वपूर्ण योजनाहरु अघि बढ्न नसकेको बताउनुभयो ।

अघिल्लो सरकारका केही भुक्तानी भएको र केही भुक्तानीको प्रक्रियामा रहेको भट्टराईले बताउनुभयो । भर्खरै अर्थ मन्त्रालयले बजेट सुनिश्चित्ता गर्न थालेकाले अब विभिन्न बिकास निर्माणका योजना अघि बढ्ने उहाँको भनाइ छ ।

भट्टराईलेले भन्नुभयो, “अहिले शेयर बजार सुधारात्मक भएको छ, लगानीकर्ता उत्साहित छन् । माघको दोस्रो सातातिर संसद बैठक सुरु हुन्छ ।” पत्रकारको प्रश्नको  जवाफ दिँदै उहाँले कतिपय कानुनहरु धेरै पुरानो भएको र एक अर्कासँग बाझिएकाले सहजीकरण गर्न अध्यादेश ल्याइएको बताउनुभयो ।

बिदेशी लगानी गर्न उपयुक्त आधार सरकारले बनाउँदैगएको  बताउँदै उहाँले प्रबिधिको बिकासमा नेपालले फड्को मारेको र नेपालमै बसेर विभिन्न काम गर्दै आएको र रोजगार सिर्जना भएको उहाँले बताउनुभयो ।

संविधान संसोधन गर्ने बिषयमा दुईदलबिच अन्तरिक छलफल भइरहेको बताउँदै उहाँले उपयुक्त बिकल्पसहित संविधान संसोधन गरिने बताउनुभयो । स्थानीय तहको सङ्ख्या ठूलो हुँदा खर्च बढेको बताउँदै उहाँले सङ्ख्या घटाउने बिषयमा छलफल भइरहेको बताउँदै वडालाई बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।