• २३ पुस २०८१, मङ्गलबार

प्रेस सेन्टरको अधिवेशनमा तीन जना सम्मानित

blog

प्रेस सेन्टर पाँचथरको नयाँ कार्य समिति। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, पुस २० गते। प्रेस सेन्टर नेपाल पाँचथर शाखाले आफ्नो सातौं जिल्ला अधिवेशनको अवसरमा तीन जनालाई सम्मान गरेको छ।

शनिबार सङ्गठनको अधिवेशनको उद्घाटन सत्रमा जिल्लामा क्रियाशील दुई र एक जना पूर्वअध्यक्ष गरेर तीन जनालाई सम्मान गरिएको हो।

सम्मानित भएकामा नयाँ बुलन्द डटकम तथा पूर्वाञ्चल दैनिकमा कार्यरत युद्धबहादुर बोहोरा र सुम्हात्लुङ टाइम्स अनलाइन तथा सुम्हात्लुङ एफएममा कार्यरत रजनी हाङसरुम्बा हुनुहुन्छ।

यस्तै सङ्गठनका पूर्वअध्यक्ष घनेन्द्र केरुङलाई पनि सम्मान गरिएको हो। उहाँहरूलाई दोेसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको थियो।

शनिबार सम्पन्न प्रेस सेन्टर पाँचथरको सात औं जिल्ला अधिवेशनले युद्वबहादुर  बोहोरा अध्यक्ष रहेको नयाँ कार्य समिति चयन भएको छ।

समितिको उपाध्यक्षमा  रोहित आङबो र निशा लोवा, सचिव सुवास राई, सहसचिव  जिपी अधिकारी र उत्तर लिम्बू, कोषाध्यक्ष  रजनी हाङसरुम्बा र सदस्यमा  इच्छा लिम्बू, अशोक लावती, संगीता अधिकारी, पुरण सुकिता चयन हुनुभएको छ। 

सङ्घीय पार्सदमा  घनेन्द्र केरुङ र रामचन्द्र तामाङ तथा प्रदेश पार्सदमा  सेसेहाङ लाओती, रामप्रसाद बास्कोटा, भिमकुमार चेम्जोङ चयन हुनुभएको छ।