काठमाडौँ, पुस १७ गते। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबिच छलफल भएको छ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो पार्टी एकताका सन्दर्भमा छलफल भएको जनाइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता गौतमले भन्नुभयो, “माधव नेपाल र म एकजुट हुने भइसक्या छ।”
सञ्चारकर्मीको जिज्ञासामा उहाँले डा.भीम रावलका सम्बन्धमा भने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो। उहाँहरुबिच समझदारी विकास गर्ने छलफल भएको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “समझदारी विकास गर्ने भन्ने भयो। त्यो सानो कसी न हो, त्यसलाई खोल्ने बित्तिकै, जुन दिन निर्णय हुन्छ, हामी त्यसै दिन यसरी भयो भनेर बताउँछौँ। अब तपाईहरुले धेरै समय कुर्नु नपर्ला।”