अविनाश चौधरी
धनगढी, पुस १३ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेर उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
धनगढीस्थित हमालको निजी निवासमा पुगेर उहाँहरूले स्वास्थ्य लाभको कामना गर्नुभएको हो । सो क्रममा नगर प्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
परराष्ट्रमन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि हमाललाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले जानकारी दिनुभयो ।
केही दिनअघि स्वास्थ्य समस्या आएपछि भारतको दिल्लीस्थित एक अस्पतालमा उपचार पश्चात नगर प्रमुख हमाल हाल घरमै स्वास्थ्य लाभ गरिरहनुभएको छ । आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उहाँले भिडियो सन्देशमार्फत जानकारी दिनुभएको छ ।