• १४ पुस २०८१, आइतबार

पक्की पुलको पर्खाइमा कर्णालीवासी

blog

कर्णाली नदीमा पक्की पुल नहुँदा झोलुङ्गे पुलको साहाराले जीवन गुजार्दै आएका कर्णालीवासी । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, पुस १३ गते । बाजुरामा नौ वटा स्थानीय तहका प्रत्येक गाउँ बस्ती पछिल्लो समय सडक सञ्जालको पहुँचमा छन् । यहाँका बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदह, बडिमालिका, गौमुल, बुढीनन्दा, हिमाली स्वामिकार्तिक खापर र जगनाथ लगायतका गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकता दिएसँगै यहाँका प्रत्येक वडासञ्जालको पहुँचमा रहेका हुन् ।

स्थानीय तहले यहाँका सबै गाउँ बस्ती सडक सञ्जालले जोड्दै गएपनि सडककोबिच बिचमा पर्ने गरेका खोला नदीमा पक्की पुल निर्माण नहुँदा यहाँका स्थानीयलाई वर्खाको समय घरदेखि बजार र बजार देखि घरसम्म आउजाउ गर्न समेत निकै समस्या भएको छ । 

जिल्लाको कर्णाली पारीका स्थानीयलाई कर्णाली नदिमा पुल नहुँदा यहाँ स्थानीयलाई वर्खाको समय पीलिचौर देखि दैनिक उपभोगय सामाग्री ढुवानी गर्न समस्या हुने गरेको छ । 

यहाँका गाउँ बस्ती ग्रामिण सडक सञ्जालले जोडिएका भएपनि लामो समयदेखि कर्णाली नदिमा पक्की पुल निर्माण नहुँदा भने वर्खाको समय कर्णालीपारीका स्थानीवासीलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै समस्या हुने गरेको हो । 

लामो समयपछि यहाँका स्थानीयले गाउँमा गाडी चढ्न पाएपनि वर्खाको समय कर्णाली नदिमा पक्की पुल नहुँदा भने उनीहरु त्यहाँ रहेको झोलुङ्गे पुलका साहारा लिएर दैनिक उपभोग्य सामाग्री ढुवानी गर्दै आएका छन् ।

हप्ता दिन पदल हिँडेर सदरमुकाम मार्तडी देखि गाउँमा आउने गरेका थियौ । स्थानीय तहले गाउँ बस्तीमा सडक सञ्जालको पहुँच गरेपछि अहिले गाडी चढेर एक दिनमै घरमा पुग्ने गरेको स्वामिकार्तिक खापर गाउँपालिका-२ स्थानीय नरे लुहारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँको पारी जगनाथ र वारी स्वामिकार्तिकको बीचमा कर्णाली नदि छ । यो नदीमा हिउँदका महिना फेरीबाट गाडी वार पार हुने गर्दछन् । हिउँदमा त्यसै गाडीमा हामी पनि गाउँमा आउजाउ गर्ने गरेका छौं ।”

जब वर्खाको समय हुन्छ । त्यो कर्णाली नदिमा पनि पानी बहाव निकै बढ्दै जान्छ । त्यसपछि फेरी चल्न पनि बन्द हुन्छ । अनी हामीले वर्खाको समय सधै यातायातको सुविधाबाट निकै वञ्चित हुँदै आउनु परेको लुहारले बताउनभुयो ।

स्वामिकार्तिक खापर गाउँपालिका कर्णाली पारीको एक दुर्गम पालिका हो । यो स्थानीय तहले पछिल्लो समय यहाँका गाउँ बस्ती सडक सञ्जालले जोड्दै आएको छ । भने केही गाउँ बस्तीलाई सडक सञ्जालले जोड्ने क्रम जारी गरेको छ । दैनिक उपभोग्य सामाग्री खरिदका लागि पैदल हिँडेर जिविकोपार्जन गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय हिउँदका केही महिना गाउँमै गाडीमा त्यो सामान घरमा पाउँने गरेका छन् ।

उनीहरुलाई हिउँदको महिना घरमै पाउँने ती सामान वर्खाको समय भने यहाँको कर्णाली नदिमा पक्की पुल नहुँदा पिलिचौर देखि पीठिउँमा बोकेर ल्याउनु परेको छ । यहाँका मुक्तीकोट फयाल गाउँ लगायतका बस्ती निकै दुर्गमका बस्ती हुन् । यी बस्ती पनि अहिले सडक सञ्जालको पहुँचमा छन् । तर कर्णाली नदीमा पक्की पुलको व्यवस्था नहुँदा अहिले यी गाउँ बस्तीलाई वर्खाको समय फेरि उस्तै समस्या हुने गरेको छ ।

गाउँपालिकाले यहाँका छ वटै वडाहरुलाई सडकको सञ्जालको पहुँचमा राख्ने गरी सडक निर्माण गर्ने काम गरेका छौं ।  यहाँका अधिकाशं वडा अहिले सडक सञ्जालको पहुँचमा रहेका छन्  । भने केही वडा पनि यो वर्षमा सडक निर्माण गर्ने गरी काम सुरु भइरहेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँको सबै भन्दा ठुलो समस्या भनेको त्यो कर्णाली नदिमा पुल नहुँन हो । यसका लागि हामीले सम्बन्धित निकायमा पहल गरेपछि अहिले वाई गदुमा पुल निर्माण हुन लागेको छ ।”

त्यो खोलामा पुल निर्माणको काम सम्पन्न भए यहाँका सबै वडामा रहेका गाउँ बस्तीमा समेत हिउँद वर्खा यातायात सवारी साधान दैनिक सुचारु हुने रोकायाले बताउनुभयो ।

कर्णाली नदिमा पुल निर्माणका लागि २०७७ साल फागुनमा अन्जना एम.के विसी महादेव खिम्ती जेविलाई १२ करोड ५८ लाखमा स्वामिकार्तिक खापर गाउँपालिकाको वाई गदुमा एक सय मिटर लम्बाई पुल निर्माणको काम २०८२ पुसमा सम्पन्न गर्ने गरी सम्झौता भएको महाकाली पुल योजना कञ्चनपुरले जनाएको छ । ठेकेदार कम्पनीलाई डिजाईन स्टिमेट तयार पार्ने गरी २०७७ फागुनमा ठेकेदार कम्पनीमा सम्झौता गरेको हो । २०८० सालमा विभागबाट सो स्टिमेट पास भएर आएपछि सो कम्पनीले पनि २०८० भदौबाट पुल निर्माणको काम सुरु गरेको महाकाली पुल योजना कञ्चनपुरका इन्जिनियर सन्तोष चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षमा सो कम्पनीले स्वाकिकार्तिक खापर गाउँपालिकाको वाई गदुमा पुल निर्माणका लागि एकसाईडमा फाउन्डेसन गर्ने काम गरेको छ ।” सम्झौता भएको अविधि भित्रमा पुलनिर्माणको काम सम्पन्न गर्ने गरी उहाँलाई अहिले पनि एक हप्ता अघि पत्र पठाएको इन्जिनियर सन्तोष चन्दले बताउनुभयो ।