काठमाडौँ, पुस ११ गते । विभागीय टोली एपिएफ क्लब र सङ्कटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ७–२ गोलले हरायो । अर्को खेलमा सङ्कटाले मच्छिन्द्र क्लबलाई ४–० गोलले हरायो ।
एपिएफलाई जिताउन साजन योञ्जन र सुनिल थिङले दुई दुई गोल गर्नुभयो । रोहित घले, किशोर गुरुङ र विवेक थारूले एक एक गोल गर्नुभयो ।
आर्मीका लागि दुवै गोल रोहित श्रेष्ठले गर्नुभयो । जितसँगै २१ खेलबाट ३२ अङ्क बनाएको एपिएफ छैटौँ स्थानमा छ । समान खेलबाट १८ अङ्क बनाएको आर्मी १०औँ स्थानमा छ ।
यस्तै सङ्कटालाई जित दिलाउन दिलान लिम्बूले दुई तथा दिवस राई र कृष्णबहादुर आलेले एक एक गोल गर्नुभयो । जितसँगै २१ खेलमा ४२ अङ्क बनाएको एपिएफ तेस्रो स्थानमा छ । पराजित मछिन्द्र ३४ अङ्कसहित पाँचौँ स्थानमा छ ।