राधा लुइटेल
फिदिम, पुस १० गते । चर्च ब्वाइज क्लब फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्याइजले विराटनगर सिटि फुटबल क्लबलाई ७–१ गोलले हरायो ।
चर्च ब्वाइजको जितमा समिर तामाङ र अर्मान्डा वेडमले ह्याट्रिक गर्नुभयो । फोफोना अबायोमीले एक गोल थप्नुभयो । विराटनगरका लागि सुमन चम्लागाईंले एक गोल फर्काउनुभयो ।
पुस १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले १० लाख पाँच सय ५५ रुपियाँ र उपविजेताले पाँच लाख पाँच सय ५५ रुपियाँ पुरस्कार पाउनेछ ।