• ११ पुस २०८१, बिहिबार

क्रिसमसको पूर्वसन्ध्यामा पोप फ्रान्सिसद्वारा ‘जयन्ती वर्ष-२०२५’ को शुभारम्भ

blog

भ्याटिकन सिटी, पुस १० गते । पोप फ्रान्सिसले क्रिसमसको पूर्वसन्ध्यामा सेन्ट पिटर्स बेसिलिकाको ‘पवित्र ढोका’ खोल्दै क्याथोलिक उत्सवको ‘जयन्ती वर्ष-२०२५’को शुभारम्भ गर्नुभएको छ । 

पाप, ऋण र विश्वव्यापी क्षमाको विशेष वर्ष मानिने ‘जुबली वर्ष’ मा दास र कैदीहरुलाई मुक्त गरिनुका साथै ऋण माफी गर्ने क्रिस्चियन समुदाय वा मुलुकहरुमा प्रचलन छ । उनीहरुले यो वर्षलाई परमेश्वरको कृपा हुने विशेष वर्षको रुपमा विश्वास गर्छन् ।

हालै रुघाखोकीबाट पीडित ८८ वर्षीय पोपलाई ह्वीलचेयरमा राखी काँसको विशाल ढोकासम्म पुर्‍याइएपछि उहाँले ढोका ढक्ढक्याउनुभएको र ढोका खुलेको थियो । ढोका खोल्नुलाई पाप वा ऋणबाट मोक्ष पाउने कुरासँग जोडेर पनि हेर्ने गरिन्छ । सेन्ट पिटर्स स्क्वायरको बाहिर क्षेत्रमा हजारौँ विश्वासीहरुले ‘स्क्रिन’मा हेरेको समारोहमा अर्जेन्टिनी धर्मगुरु ढोकाबाट छिर्नुभयो र जुलुसमा सहभागी हुनुभयो त्यसपछि भ्याटिकन बेसिलिकाको घण्टी बज्यो ।

अर्को १२ महिना क्याथोलिक तीर्थयात्रीहरु इँटाको गेट (ढोका) हुँदै आवतजावत गर्नेछन् । परम्परागतरुपमा काँसबाट बनेको ढोकाबाट छिर्नु वा छिर्न पाउनुलाई धार्मिकरुपमा विशेष लाभान्वित हुने विशेष अवसर (उनीहरुको पापबाट क्षमा) पाउने अवसरका रुपमा हेरिन्छ । पवित्र प्रदर्शनपछि पोप फ्रान्सिसले सेन्ट पिटर्समा ‘क्रिसमस इभ’ सभाको अध्यक्षता गर्नुभएको छ । 

सभामा उहाँले विश्वमा वर्षभरि भएका युद्धलाई सम्झँदै भन्नुभयो,“हामी युद्धमा मेशिनगनका आवाज र विस्फोटले त्रस्त समाजका साथै विद्यालय र अस्पतालहरूमा भएको आक्रमणप्रति दुःखी छौँ ।” गाजामा इजरायलले गरेको आक्रमणको ‘क्रूरता’को निन्दा गरेका पोपप्रति इजरायली समुदायबाट आक्रोशित प्रतिक्रिया आएको थियो । 

उनले आफ्नो परम्परागत क्रिसमस डे आशीर्वाद, उर्बी एट ओर्बी (शहर र संसार) विषयमा बुधबार मध्याह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । जर्मनीको क्रिसमस बजारमा शुक्रबार भएको कार आक्रमणपछि भ्याटिकन र रोममा हुने जुबली समारोहका लागि करिब सात सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रोमको धेरै भागलाई क्रिसमसको तयारीका लागि सिँगारिएको छ ‘ट्रेभी फाउन्टेन र पोन्टे सेन्ट एन्जेलो’ जस्ता स्मारकहरू सफा गरिएको छ र यातायातको चापलाई व्यवस्थित गर्न सूचना जारी गरिएको छ । कुञ्जी जुबली परियोजनाहरु महिनौँको कामपछि पछिला केही दिन अघि मात्र समाप्त भएका थिए । वर्षभरि नै शहरको धेरै भागमा भवन तथा अन्य निर्माणका काम भएका छन् । 

भ्याटिकनको छेउमा रहेको पियाजा पियामा सोमबार नयाँ सडक सुरुङको उदघाटन गर्दै प्रधानमन्त्री जियोर्जिया मेलोनीले यो परियोजना समयमै सम्पन्न गर्न ‘सानो नागरिक चमत्कार’ गरेको बताउनुभएको छ । आगामी केही दिनमा रोमका तीन प्रमुख बेसिलिका र विश्वभरका क्याथोलिक चर्चहरुमा पवित्र ढोकाहरु खोलिनेछन् । पोप फ्रान्सिसले बिहीबार रोमको रेबिबिया कारागारको पवित्र ढोका खोल्नुहुनेछ र कैदीहरुको समर्थनमा एक सामूहिक प्रार्थना सभाको अध्यक्षता गर्नुहुनेछ । रासस/एएफपी