काठमाडौँं, पुस १० गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बुधबार पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।
त्यस्तै, केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।
केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपियाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ १० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपियाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपियाँ २७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ०९ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ७६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपियाँ ७९ पैसा र बिक्रीदर ८५ रुपियाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपियाँ ४६ पैसा र बिक्रीदर ९४ रुपियाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपियाँ ०८ पैसा र बिक्रीदर एक सय रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ६६ पैसा र बिक्रीदर आठ रुपियाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६४ पैसा र बिक्रीदर १८ रुपियाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २३ पैसा र बिक्रीदर ३६ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३२ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर चार रुपियाँ, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ३२ पैसा र बिक्रीदर ३० रुपियाँ ४५ पैसा कायम भएको छ ।
दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ २९ पैसा र बिक्रीदर १२ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपियाँ ९६ पैसा र बिक्रीदर १९ रुपियाँ ०५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपियाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपियाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपियाँ ०३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपियाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपियाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ ।यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । रासस