काठमाडौँ, पुस ९ गते। वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले लुम्बिनीमा नयाँ प्रादेशिक समिति गठन गरेको छ ।
बुटवलमा बसेको वाणिज्य बैंकका प्रादेशिक प्रमुखको बैठकले नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अर्जुनबहादुर कंडेललाई नेपाल बैंकर्स एसोशियसन लुम्बिनी प्रादेशिक समितिको संयोजक चयन गरेको हो।
बैठकले प्राइम कमर्शियल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख कुश सुदन सिंह र नबिल बैंक लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमित केसीद्वयलाई सहसंयोज चयन गरेको छ।
नवगठित समितिमा एक संयोजक, दुई सह संयोजक र १७ जना सदस्य गरी २० वटै वाणिज्य बैंकका प्रदेश प्रमुखको प्रतिनिधित्व रहने छ।
समितिले वित्तीय अनुशासन, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व विषयलाई जोड दिँदै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको दक्षता विकाससँगै लुम्बिनी प्रदेशमा आर्थिक तथा वित्तीय क्षेत्रमा रहेका सम्भावना तथा चुनौतीको विषयमा रचनात्मक पहल गर्ने समिति संयोजक कँडेलले बताउनुभयो।