• १० पुस २०८१, बुधबार

श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु

blog

फाइल तस्बिर

कोलम्बो, पुस ९ गते । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत् बोर्ड (सीईबी) सोमबार जनाएको छ । सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ । 

सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणका लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ । सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्तीको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । रासस/सिन्ह्वा