काठमाडौँ, पुस ९ गते । कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ ।
एरिका र कुशललाई मङ्गलबार रेडियन्ट रिडर्स एकेडेमीले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा सम्मान गरेको हो । दुवै जनालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले नगद र प्रशंसा पत्रबाट सम्मान गर्नुभयो ।
एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा ६ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । विश्व च्याम्पियनसिप बाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण, तीन रजत र एक कांस्य गरी आठ पदक जितिसक्नुभएको छ । एरिकाले सबै प्रतियोगितामा पदक जित्दा कुशलनै प्रशिक्षक हुनुहुन्थ्यो ।