• ११ पुस २०८१, बिहिबार

ओलम्पिकको अध्यक्षमा तीन जनाको उम्मेदवारी

blog

नेपाल ओलम्पिक कमिटीको मुख्यालय । फाइल तस्बिर

काठमाडौँ, पुस ९ गते । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

एक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसहित महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलमा अध्यक्ष तेज गुरुङले उम्मेदवारी दिनुभएको छ । शनिबार हुने निर्वाचनका लागि उम्मेदवारहरूले सोमबार रातिसम्म अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । 

यस्तै सात उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष एवं टेनिस सङ्घकी अध्यक्ष ज्योती राणासहित नौजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिनेमा पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द वैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य, सुटिङका पुश्पदाश श्रेष्ठ र साइक्लिङका गोपाल सुन्दरलाल कशापती हुनुहुन्छ । 

यस्तै महासचिवमा नेपाल र्‍याफ्टिङ एनड क्यानोइङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध निवार्चित हुनुभएको छ । सह-महासचिवमा  ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, कोषाध्यक्षमा गल्फका टासी घले, तीन सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । 

यस्तै सदस्यहरूमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन हुनुभएको छ । ओलम्पिक कमिटीमा नेपालका २७ वटा राष्ट्रिय खेल सङ्घलाई मताधिकार रहेको छ ।