• ७ वैशाख २०८२, आइतबार

गोलभेँडाबाट मनग्गे आम्दानी

blog

इनरुवा समाचारदाता

इनरुवा, पुस ९ गते । स्वदेशमै श्रम, सिप र पसिना खर्चेपछि कृषि कर्मबाटै पनि राम्रो आम्दानी गर्न सक्ने सुनसरीको इनरुवा नगरपालिका–८, बङ्कुलवाका ३८ वर्षीय विन्देश्वर मण्डलले प्रमाणित गर्नुभएको छ । उहाँले आफ्नो दुई कट्ठा क्षेत्रफलबाट सुरु गर्नुभएको गोलभेँडा खेतीबाट एक सिजनमा एक लाख रुपियाँभन्दा बढी आम्दानी गरेपछि उत्साहित पनि हुनुभएको छ । उहाँ अब थप पाँच कट्ठामा खेती विस्तर गर्ने योजनामा हुनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “विदेश जान दुई लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । चर्को गर्मीमा काम गरेर मासिक ३० हजार रुपियाँ पनि कमाउन सकिँदैन । बरु ढङ्ग पु¥याएर आफ्नै माटोमा मेहनत गर्नसके सन्तोषजनक आम्दानी गर्न सकिने रहेछ ।” 

कृषि कर्ममा लागेको दुई वर्षमै राम्रो आम्दनी गर्न सफल भएपछि उहाँले बिदेसिने सोच नै परिवर्तन गर्नुभएको छ । यहीँ गरेको कृषि कर्मले सात जना परिवारको घर चलाउन सहज भएकोमा उहाँ खुसी हुनुहुन्छ  । उहाँ भन्नुहुन्छ, “वार्षिक चार/पाँच लाख रुपियाँको आम्दानी हुँदा परिवार धानिएकै छ । परम्परागत खेतीभन्दा नगदे बालीमा राम्रो आम्दानी हुने रहेछ ।” उहाँले केही आफ्नै जग्गा र केही भाडामा पनि लिएर सामूहिक खेती गरिरहनुभएको छ । 

उहाँकै छिमेकी ६५ वर्षीय सत्यनारायण मण्डल पनि गोलभेँडा खेतीबाट सन्तुष्ट हुनुहुन्छ । केही वर्षअघि पाँच हजार रुपियाँ लगानी गरेर तरकारी खेती थाल्नुभएको मण्डलले हाल वार्षिक १० लाख रुपियाँको तरकारी तथा गोलभेँडाको कारोबारबाट घर चलाउन, नातिनातिनालाई पढाउन सहज भएको बताउनुभयो । घर चलाउने दरिलो आम्दानीको स्रोत खोज्दै उहाँ पनि गोलभेँडा खेतीतर्फ लाग्नुभएको हो । 

उहाँहरूले मल्चिङ प्रविधि अपनाएर राम्रो आम्दानी गरेको देखेपछि अन्य छिमेकीले पनि यसलाई अपनाउँदै आएका छन् । बजारमा अहिलेको सिजनमा ६० रुपियाँ प्रतिकेजी खेतबाटै बिव्रmी हुने भएकाले उहाँहरूलाई बजारको कुनै चिन्ता नरहेको बताउनुहुन्छ । सुनसरीको इनरुवा नगरपालिका–८, बङ्कुलवाका ३८ वर्षीय किसान विन्देश्वर मण्डलले लगाउनुभएको गोलभँेडा खेती ।