• ८ पुस २०८१, सोमबार

नेपालमा लगानी गर्न आह्वान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २ गते । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताउनुभएको छ । 

नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा कोरियास्थित नेपाली राजदूतावास र बुसान च्याम्बर अफ कमर्स कोरियाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कोरियाली  लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले लगानी सहजता र सुरक्षाका लागि सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री भण्डारीले आगामी दिनमा नेपाल र कोरियाबिचको आपसी सम्बन्ध थप उचाइमा पु¥याउन नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गर्नुभयो । महìवपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सिप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीलाई थप लाभान्वित गर्न चाहेको मन्त्री भण्डारीको भनाइ छ । 

मन्त्री भण्डारीले भन्नुभयो, “सामसुङ इलेक्ट्रोनिक्स र हुन्डाई मोटर्सले आफ्नो प्लान्ट स्थापना गरी उत्पादन सुरु गरेका छन् भने कोरियाले अपर त्रिशूलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको छ ।” 

नेपाली युवालाई रोजगारी प्रदान गरेकोमा इपिएस कोरिया र कोरिया सरकारलाई धन्यवाद दिँदै मन्त्री भण्डारीले भन्नुभयो, “नेपाली युवाले यहाँ गरेको आम्दानी र सिकेको सिपलाई सदुपयोग गरी नेपालमा उत्पादन र रोजगारीका अवसर बढाउनतर्फ लागेका छौँ ।” 

कोरिया सरकारका मन्त्रीसंग उद्योगमन्त्री भण्डारीले व्यापार तथा लगानी सम्झौता गर्न लागेको भ्रमणमा रहनुभएका प्रमुख स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।