• १० पुस २०८१, बुधबार

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौं, मङ्सिर २६ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपियाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रूपियाँ ०७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपियाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रूपियाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपियाँ ८९ र बिक्रीदर एक सय ७३ रूपियाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपियाँ ९७ पैसा र बिक्रीदर एक सय ५४ रूपियाँ ६५ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकले अस्टे«लियन डलर एकको खरिददर ८६ रूपियाँ ६५ पैसा र बिक्रीदर ८७ रूपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपियाँ ६२ पैसा र बिक्रीदर ९६ रूपियाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपियाँ ०४ पैसा र बिक्रीदर एक सय एक रूपियाँ ४९ पैसा निर्धारण गरेको छ ।

जापानी येन १० को खरिददर ८ रूपियाँ ९३ पैसा र बिक्रीदर ८ रूपियाँ ९७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ६७ पैसा र बिक्रीदर १८ रूपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ०६ पैसा र बिक्रीदर ३६ रूपियाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपियाँ १६ पैसा र बिक्रीदर ३७ रूपियाँ ३३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ०२ पैसा र बिक्रीदर चार रूपियाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपियाँ ८८ पैसा र बिक्रीदर ३७ रूपियाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपियाँ ५९ पैसा र बिक्रीदर ३० रूपियाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपियाँ ४७ पैसा र बिक्रीदर नौ रूपियाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपियाँ ३७ पैसा र बिक्रीदर १२ रूपियाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपियाँ १३ पैसा र बिक्रीदर १९ रूपियाँ २२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ४२ पैसा र बिक्रीदर १७ रूपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपियाँ ५१ पैसा र बिक्रीदर चार सय ४२ रूपियाँ ४६ पैसा , बहराइन दिनार एकको खरिददर तीन सय ५९ रूपियाँ ०३ पैसा र बिक्रीदर तीन सय ६० रूपियाँ ६२ पैसा, बढेको ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपियाँ ८७ पैसा, बिक्रीदर तीन सय ५३ रूपियाँ पैयाँ ४३ पैसा तोकिएको छ । यस्तै,  भारतीय रूपियाँ एक सयको खरिददर एक सय ६० रूपियाँ र बिक्रीदर एक सय ६० रूपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस