विशाल सुनार
दुल्लु, मङ्सिर २५ गते। दैलेखको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। दैलेख र कालिकोट सिमानासँगै जुम्ला र जाजरकोटको सिमाना क्षेत्रपर्ने पाटनमा हिमपात भएपछि उत्तरी सिमाना निकै मनमोहक देखिएको छ।
असोज महिनापछि हिउँद यामको पहिलो हिमपातसँगै छिटपुट भएको वर्षाले किसानलाई राहत राहत दिएको छ भने चिसो केही बढेको छ।
दैलेख सदरमुकामदेखि देखिने महावु, बेहुली, तिनचुलेका लेकाली पाटन हिउँले छोपिएको छ।